२६ बैशाख २०८१, बुधबार | May 8, 2024

आज नेपाल र मौरिसस दोस्रो मैत्रीपूर्ण खेलमा भिड्दै



काठमाडौं । आज नेपाल र मौरिससबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदै छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज अपराह्न ४ः४५ बजे नेपाल र मौरिससबीचको खेल हुनेछ । नेपाल दोस्रो खेलमा पनि जित निकाल्ने लक्ष्य बोकेर मैदानमा उत्रिनेछ ।

नेपालले पहिलो खेलमा मौरिससलाई पराजित गरेको थियो । पहिलो खेलमा विमल घर्तिमगरले नेपालका लागि गोल गरेका थिए ।

त्यस्तै, मौरिसस पनि जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।

नेपालको टिममा केही बदलाव गरिएको छ । मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले पहिलो खेलमा रहेको टिमबाट अनन्त तामाङ र प्रशान्त अवस्थीलाई बाहिर राखेका छन् । उनीहरुको स्थानमा मनिष डाँगी र दर्शन गुरुङ खेल्नेछन् ।

आजको खेलमा पनि सिमित दर्शकलाई खेल हेर्न दिइने भएको छ । कोरोना भाइरसको महामारीका कारण एक तिहाई दर्शकलाई प्रवेश गराउन अनुमति दिइएको छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ८ : १५ बजे

बाँकेको फत्तेपुरका एक सय २६ घरमा स्वच्छ पेयजलको सुविधा

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा ‘एक घर, एक

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा

सुहाङले आज सांसदको सपथ लिँदै

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा

चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु

काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा

वनमा आगो लगाएको अभियोगमा पक्राउ

ओखलढुंगा । वनमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ परेका छन्