७ आश्विन २०८३, बुधबार | September 23, 2026

युवा संघ नेपाल रुपन्देहीको बृहत् रक्तदान सम्पन्न



बुटवल । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको सप्ताहव्यापी रक्तदान अभियानअन्तर्गत रुपन्देहीमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युवा संघ रुपन्देहीले बुटवलको रक्तसञ्चार केन्द्रमा आयोजना गरेको कार्यक्रममा १२५ यूनिट रगत संकलन भएको छ ।

युवा संघ रुपन्देहीले आयोजना गरेको रक्तदान कार्यक्रममा युवाहरुको सक्रिय सहभागिता रहेको कार्यक्रम संयोजक तथा युवा संघ जिल्ला कार्यसमिति सदस्य दिपक खड्कीले बताए । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा युवा संघ रुपन्देही इन्चार्ज केशव रोकाले सामाजिक अभियानसँगै स्वास्थ्य क्षेत्रमा समेत युवाहरुको योगदानका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको उल्लेख गरे ।

रगत नपाएर कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्यका लागि यो अभियानले सहयोग गर्ने उनले उल्लेख गरे । युवा संघले सप्ताहव्यापी रुपमा देशका अन्य जिल्लाहरुमा समेत यसैगरी रक्तदान कार्यक्रमको आयोजना गरिरहेको उनले जानकारी गराए ।

युवा संघ रुपन्देहीका अध्यक्ष मनोज गौचन, युवा नेताहरु दिनानाथ भट्टराई, सुरज खरेललगायतको उपस्थिति रहेको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो । मुलुकका विभिन्न आन्दोलनहरुमा मात्रै होइन मानवीय सेवामा पनि युवा संघ तयार छ भन्ने सन्देश यो अभियानले दिने उनीहरुले बताए ।

रक्तदाताहरुलाई प्रमुख अतिथि युवा संघ रुपन्देही इन्चार्ज रोकालगायत उपस्थित अतिथिहरुले प्रमाणपत्र प्रदान गरेको सदस्य कृष्ण कुमालले जानकारी दिए । कार्यक्रम सहसंयोजक विकासजंग बस्नेतले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ६ : ४२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई