२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

दार्चुलास्थित महाकालीमा पुल बनाउनेबारे नेपाल र भारतबीच सम्झौता



काठमाडौं । नेपाल र भारतलाई जोड्न दार्चुलास्थित महाकाली नदीमाथि मोटरेबल पुल बन्ने भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौंस्थित भारतीय रातदूतावासबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र भारतीय राजदूत विनयमोहन क्वात्राबीच पुल निर्माणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । भारतले अनुदानमा बनाउन लागेको पुल निर्माणको जिम्मा भारतीय पक्षको हो ।

सचिव श्रेष्ठका अनुसार नेपालले जग्गा उपलब्ध गराउने, रुख काट्नु पर्ने भए त्यसको व्यवस्थापन मिलाउने लगायका काम मात्र गर्नुपर्नेछ छ ।

भारतीय पक्षले पुल निर्माणका लागि डिपिआर तयार भइसकेको र छिटै काम सुरू हुने जानकारी दिएको उनले बताए । केही साता अघि बसेको भारतीय मन्त्रिपरिषद् बैठकले पुल बनाउने निर्णय गरेको थियो ।

भारतीय राजदूतावासले पुल निर्माणको कार्य चाँडै सुरु हुने विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ९ : ४६ बजे

यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने

काठमाडौँ । सरकारले यात्राका क्रममा राजमार्गमा यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा

गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : न्यू डाँफे र जय किसन विजयी

खजुरा । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा मंगलबार

कांग्रेस खुला सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी तथा महिला सहमहामन्त्रीमा गौतम विजयी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदमा रामहरि

घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ । हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो