२० मंसिर २०८२, शनिबार | December 6, 2025

दार्चुलास्थित महाकालीमा पुल बनाउनेबारे नेपाल र भारतबीच सम्झौता



काठमाडौं । नेपाल र भारतलाई जोड्न दार्चुलास्थित महाकाली नदीमाथि मोटरेबल पुल बन्ने भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौंस्थित भारतीय रातदूतावासबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र भारतीय राजदूत विनयमोहन क्वात्राबीच पुल निर्माणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । भारतले अनुदानमा बनाउन लागेको पुल निर्माणको जिम्मा भारतीय पक्षको हो ।

सचिव श्रेष्ठका अनुसार नेपालले जग्गा उपलब्ध गराउने, रुख काट्नु पर्ने भए त्यसको व्यवस्थापन मिलाउने लगायका काम मात्र गर्नुपर्नेछ छ ।

भारतीय पक्षले पुल निर्माणका लागि डिपिआर तयार भइसकेको र छिटै काम सुरू हुने जानकारी दिएको उनले बताए । केही साता अघि बसेको भारतीय मन्त्रिपरिषद् बैठकले पुल बनाउने निर्णय गरेको थियो ।

भारतीय राजदूतावासले पुल निर्माणको कार्य चाँडै सुरु हुने विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ९ : ४६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय