७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु



लमजुङ । राइनास नगरपालिका-६, सिम्लेखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । इँटा लिन जाँदै गरेको ग १ त ४४४५ नम्बरको ट्याक्टर बुधबार दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा ४३ वर्षीय अमृत चिलुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राइनासको तीनपिप्लेबाट धमिलिकुवा जाँदै गरेको ट्याक्टरमामा सवार ३ जनामध्ये चिलुवालको घटनास्थलमै मृत्यु भएको र सहयोगी राइनास नगरपालिका-६ का गोपाल परियारको स्थानीय स्वास्थ्य संस्थामा प्राथामिक उपचार गरी घर फर्केका छन् ।

इँटा लिन जाँदै गरेको ट्याक्टर अगाडिबाट आउँदै गरेको सवारी साधनलाई साइड दिने क्रममा छेउमा पुगेको थियो । सडक छेउमा पुग्ने क्रममा सडकबाट लडेर करीब १५/२० मिटर तल सिम्लेखोलामा खसेर ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

चालक स्थानीय दीपक परियारलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवंम् इन्सपेक्टर जगदिश रेग्मीले बताए । मृतक चिलुवालको शवलाई पोष्टमार्टमका लागि बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा ल्याइएको छ ।

 

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ७ : ४६ बजे

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक

कर्णालीको भाषा, संस्कृति र पहिचान संरक्षण गर्ने बालेन साहको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले कर्णाली

रास्वपाको चुनावी वाचापत्र कर्णालीको सुर्खेतबाट सार्वजनिक (पूर्णपाठ)

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ गते हुने

नेपाली कांग्रेसको प्रतिज्ञापत्र कार्यान्वयनयोग्य : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले सार्वजनिक गरेको

देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले