२ पुस २०८२, बुधबार | December 17, 2025

प्रशासनको आदेशविपरीत गोकर्णेश्वर नगरपालिकाले विद्यालय खोल्दै



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशविपरीत गोकर्णेश्वर नगरपालिकाले विद्यालयमा भौतिक रुपमा विद्यार्थी उपस्थित गराएर पठनपाठन गराउने निर्णय गरेको छ ।

यही १४ माघमा प्रशासनले जारी गरेको आदेशको पहिलो बुँदामा ‘विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा संवत् २०७८ माघ मसान्तसम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्ने, नगराउने’ उल्लेख छ ।

तर, नगरपालिकाको १८ माघ बसेको बैठकले २३ माघदेखि भौतिकरूपमा विद्यालय सञ्चालन गर्ने निर्णय गर्दै पालिकाभित्रका ामुदायिक तथा संस्थागत विद्यालयलाई परिपत्र गरेको छ ।

‘गोकर्णेश्वर नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत संस्थाका पदाधिकारीहरूको चाहना तथा मागअनुसार शिक्षा समितिको मिति २०७८/१०/१८ को बैठकले नगरपालिकाभित्रका सबै विद्यालय शिक्षालय सामाजिक एवं भौतिक दूरीको पालनासाथ स्वास्थ्य र सुरक्षाका सवै मापदण्डहरूलाई पालना गरी पूर्ण सतकता र सजगतालाई अवलम्बन गर्दै विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमै मिति २०७८/१०/२३ गते आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय भएकोले सोही अनुसारै विद्यालय सञ्चालन गर्ने गराउने सम्बन्धमा उपयुक्त एवं भरपर्दो र विश्वसनीय वातावरण मिलाउन हुन सबैमा अनुरोध गरिन्छ,’ विद्यालयलाई नगरपालिकाले गरेको परिपत्रमा उल्लेख छ ।

 

 

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  २ : ५२ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन