५ पुस २०८२, शनिबार | December 20, 2025

सिके राउतका जिल्ला उपाध्यक्षसहित ६ जना पक्राउ



महोत्तरी । राजमार्ग बन्द गराउने उद्देश्यले आन्दोलनमा उत्रेका जनमत पार्टी महोत्तरीका ६ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

सरकारले किसानको माग नसुनेको भन्दै पूर्व-पश्चिम राजमार्ग बन्द गराउन आन्दोलनमा उत्रेका ६ जना नेता तथा कार्यकर्तालाई बर्दिबासबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्ला उपाध्यक्ष मकसुधन महतोसहित रहेको इलाका प्रहरी कार्यालय गौरिडाँडाका प्रमुख वीरेन्द्र थापाले जानकारी दिए ।

पक्राउ पर्ने अन्यमा पिपरा गाउँपालिकाका धिरेन्द्र साह, बर्दिबास-६ का विनोदकुमार महतो, बलवा नगरपालिका-६ का वडाध्यक्ष नारायण साह, पिपरा गाउँपालिकाका अजितकुमार ठाकुर, गौशाला नगरपालिका-१ का वडाध्यक्ष वीरेन्द्र महतो छन् ।

किसानको आन्दोलनलाई निस्तेज बनाइएको भन्दै प्रदेश सरकारलाई दबाब दिने उद्देश्यले राजमार्ग ठप्प बनाउने कार्यक्रम रहे पनि खासै असर देखिएको छैन । यात्रुलाई कुनै सास्ती नहोस् भन्ने उद्देश्यले सुरक्षाकर्मीहरू बिहानैदेखि सडकमा तैनाथ गरिएको थियो ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ३ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको