२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

नेपाली कांग्रेसको प्रतिज्ञापत्र कार्यान्वयनयोग्य : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले सार्वजनिक गरेको चुनावी प्रतिज्ञापत्र विगतका घोषणापत्रजस्तो केवल प्रतिबद्धतामा सीमित नभई कार्यान्वयनयोग्य योजना भएको बताएका छन् । उनले प्रतिज्ञापत्रमा उल्लेख गरिएका कार्यक्रमहरूलाई आगामी वैशाख महिनादेखि नै कांग्रेस नेतृत्वको सरकारले कार्यान्वयन गर्ने स्पष्ट खाका प्रस्तुत गर्ने बताए ।

प्रतिज्ञापत्र सार्वजनिक गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले कांग्रेसले यसपटक कार्यान्वयनमा केन्द्रित, मापनयोग्य र उत्तरदायी कार्यक्रमहरू अघि सारेको उल्लेख गरे । उनले वैशाख महिनाभित्र प्रतिज्ञामा उल्लेख गरिएका कार्यक्रमहरूको कार्यान्वयन प्रक्रिया सुरु गरिने र त्यसको प्रगति विवरणसमेत सार्वजनिक गरिने बताए ।

उनले भने, “वैशाख सकिँदै गर्दा तपाईंहरूले यसैगरी प्रश्न सोध्न सक्नुहुनेछ-कृषि क्षेत्रमा के-के काम अघि बढे, कार्यान्वयनको अवस्था कस्तो रह्यो भन्नेबारे स्पष्ट जवाफ दिन हामी तयार हुनेछौं ।” उनले विगतमा उठाइएका प्रश्नहरूको सन्दर्भ उल्लेख गर्दै कांग्रेस नेतृत्व प्रश्नबाट भाग्ने नभई जवाफदेही बन्ने प्रतिबद्धता व्यक्त गरे ।

थापाले नागरिकलाई सरकारका कामबारे प्रश्न गर्न प्रोत्साहित गर्दै भने, “मलाई ‘बाख्रा खै?’ भन्ने प्रश्न पनि सोधिएको छ । हामीलाई प्रश्न सोध्न कसैले डराउनुपर्दैन। जुनसुकै प्रश्न निर्धक्क सोध्न सक्नुहुन्छ, हामी जवाफ दिन तयार छौं ।”

उनले कांग्रेसले अघि सारेको ‘भिजन-१०’ दीर्घकालीन विकास अवधारणा यथार्थमा आधारित रहेको उल्लेख गर्दै असम्भव वा अव्यावहारिक विषयहरू समावेश नगरिएको स्पष्ट पारे। आर्थिक वृद्धि, रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा समग्र आर्थिक सुधारका लागि चरणबद्ध र योजनाबद्ध कार्यान्वयन आवश्यक रहेको उनको भनाइ थियो ।

थापाले मुलुकको आर्थिक अवस्था सुधार गर्न कृषि, उद्योग, पूर्वाधार, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा समन्वित सुधार आवश्यक रहेको उल्लेख गर्दै कांग्रेसले त्यसका लागि स्पष्ट नीति, योजना र कार्यान्वयनको प्रतिबद्धता लिएको बताए । उनले कांग्रेस नेतृत्वमा सरकार गठन भएमा प्रतिज्ञापत्रमा उल्लेख गरिएका कार्यक्रमहरू निर्धारित समयसीमाभित्र कार्यान्वयन गर्दै जनताप्रति पूर्ण रूपमा उत्तरदायी रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ३ : २४ बजे

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर । यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने