१६ श्रावण २०८३, शनिबार | August 1, 2026

रास्वपाको चुनावी वाचापत्र कर्णालीको सुर्खेतबाट सार्वजनिक (पूर्णपाठ)



सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कर्णाली प्रदेशका लागि वाचा पत्र सार्वजनिक गरेको छ । पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह, उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले सुर्खेतस्थित घण्टाघर चोकमा आयोजित चुनावी सभामा उक्त वाचा पत्र सार्वजनिक गरेका हुन् ।

पार्टीले कर्णाली प्रदेशको विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको सुधारलाई प्राथमिकतामा राख्दै वाचा पत्र सार्वजनिक गरेको जनाएको छ । चुनावी सभालाई सम्बोधन गर्दै पार्टीका शीर्ष नेताहरूले कर्णालीको समग्र विकास, सुशासन प्रवर्द्धन तथा जनताको जीवनस्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले धनगढीपछि सुर्खेतमा दोस्रो चुनावी सभा आयोजना गरेको हो। उक्त सभामा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्दै पार्टीको नीति, योजना र प्रतिबद्धताबारे जानकारी गराएका छन् ।

यसअघि नेपाली कांग्रेसले बुधबार जनकपुरबाट आफ्नो चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको थियो भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बिहीबार काठमाडौंमा चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छ । आगामी निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरूले आ-आफ्ना घोषणापत्र तथा वाचा पत्र सार्वजनिक गर्दै चुनावी अभियानलाई तीव्र बनाएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ३ : ३३ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न

सिरहा घटना : मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको