१४ बैशाख २०८३, सोमबार | April 27, 2026

रुकुमपूर्वमा पुनः हिमपात, जनजीवन कष्टकर



रुकुम । रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो ।

हिमपातका कारण चिसो निकै बढेको छ । चिसोेको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । यस वर्ष पटक-पटक भएको हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।

जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबारदेखि हिमपात भएको छ । यसअघि परेको हिउँ बिलाउन नपाउदै फेरि हिउँ थपिएपछि चिसोका कारण दैनिकी कष्टकर बनेको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटका तेजकुमार गुरुङले बताए । मैकोटलगायत आसपास क्षेत्रमा यसअघि परेको हिउँ बिलाउन नपाउँदै पुनः हिउँ थपिएपछि घरबाट बाहिर निस्कन पनि मुस्किल परेको उनको भनाइ छ ।

बाक्लो हिउँ जमेका कारण मैकाटका नागरिकलाई गाउँपालिकाको केन्द्र तकसेरा र सदरमुकाम रुकुमकोट झर्न समस्या भएको त्यहाँका स्थानीयवासीले बताएका छन् । यस्तै हिउँले जमिन ढाक्दा पशुचौपायलाई चरन क्षेत्रको अभाव खड्किएको मैकोटमा अर्का स्थानीयवासी विकास पुनले बताए । पहिले भण्डारण गरी राखेको घाँसपात सकिएकाले अहिले पशुचौपायलाई के खुवाउने भन्ने पीर किसानलाई परेको उनको भनाइ छ ।

हिमपातका कारण लामो समययता विकास निर्माणका कामकाज सञ्चालन गर्न पनि नसकिएको पुथाउत्तरगङ्गा गाउँपालिका-१ का कार्यवाहक वडाध्यक्ष मग कामीले बताए । समयमै विकास निर्माणका काम सञ्चालन गर्न नसक्दा वडालाई घाटा भएको उनले बताए । यस्तै वडा नं २, ३, ५ लगायतमा पनि विकास निर्माणका काम ठप्प रहेका छन् । यस वर्ष जिल्लामा सातौँ पटकसम्म हिमपात भइसकेको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ८ : ५३ बजे

सहिदमार्ग स्तरोन्नति नहुँदा ताराखोलावासीलाई सास्ती

ढोरपाटन । यहाँको ताराखोला जोड्न सहिदमार्गको ट्रयाक खुलेको २० वर्ष

रसुवागढी भन्सार : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

धुञ्चे । उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा

कांग्रेसका दुई महत्वपूर्ण समिति बैठक आज, अनुशासन र समसामयिक विषयमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका कार्यसम्पादन समिति र केन्द्रीय अनुशासन समितिको

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौं । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा आज

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क

तेह्रथुम । यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार