१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

भक्ति नमुना माध्यमिक विद्यालयमा सोलार जडान



लमजुङ । सुन्दरबजार नगरपालिका-९ भोटेओडारको भक्ति नमुना माध्यमिक विद्यालयमा सञ्चालित विशेष कक्षामा अध्ययनरत बालबालिकाका लागि सोलारको व्यवस्था गरिएकोे छ ।

विशेष कक्षाका बालबालिकाका लागि गण्डकी प्रदेश शिक्षा विज्ञान तथा सामाजिक विकास मन्त्रालयले विनियोजन गरेको २ लाख ५० हजार रुपैयाँबाट सोलार जडान भएको हो ।

छात्राबास तथा विद्यालय भवनमा सोलार जडान गरिएको भक्ति नमुना माविको बहिरा विद्यालयका स्रोत शिक्षक प्रेमनिधि सापकोटाले बताए । चिसो मौसममा नुहाउन, हातमुख धुन समस्या हुने भएकाले सोलारमार्फत पानी तताउन सहज भएको बताए । बालबालिकाले सोलार जडान भएसँगै सोलारबाट पानी तताएर हातमुख धुने, नुहाउने गर्न थालेका छन् ।

यस्तै सुस्त श्रवण तथा बहिरा बालबालिकाको लागि निर्माण भएको सुरक्षित छात्रावास तथा विद्यालय भवनको माथिल्लो तला समेत थप्ने तयारी भएको छ । प्रदेशको सहयोगमा एक तला थप गर्न लागेको जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक यज्ञराज घिमिरेका अनुसार सोलारको व्यवस्था भएपछि बालबालिकालाई सहज भएको छ । सहजै तातोपानीको प्रयोग गर्न पाएका छन् । भक्ति नमुनामा संचािलत विशेष कक्षामा २२ जना विद्यार्थी छन् । १३ जना बालक र ९ बालिका छन् ।

दैलेखदेखि लमजुङका छिमेकी जिल्लाहरु गोरखा, तनहुँलगायत जिल्लाका कान नसुन्ने र मुख बोल्न नसक्ने बालबालिका विशेष कक्षामा पढ्दै आएका छन् । २०२४ सालमा स्थापना भएको भक्ति नमुना माविमा २०६१ सालबाट मुख नबोल्ने र कान नसुन्ने विद्यार्थीका लागि विशेष कक्षा संचालनमा ल्याइएको हो । कक्षा १ देखि ५ कक्षासम्म पढाई हुने विशेष कक्षामा कक्षा ५ पास भएपछि पोखरा, वाग्लुङ लगायत ठाउँमा गएर विद्यार्थीलाई पठनपाठन गराइँदै आइएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ९ : ११ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति