२२ बैशाख २०८१, शनिबार | May 4, 2024

मस्कोले युक्रेन अतिक्रमण गरे रसियाको ग्यास पाइप लाइन काटिदिन्छौंः राष्ट्रपति बाइडेन



एजेन्सी । अमेरिकी राष्ट्रपति जोन बाइडेनले मस्कोले युक्रेनमा अतिक्रमण गरे जर्मनी जाने रसियाको ग्यास पाइप लाइन नोर्ड स्ट्रिम-२ बन्द गरिदिने चेतावनी दिएका छन् ।

करिब १,२०० किलोमिटर लामो सो ग्यास पाइपलाइन परियोजना बाल्टिक सागर हुँदै पश्चिमी रुसदेखि उत्तर-पूर्वी जर्मनीसम्म जान्छ । सन् २०१२ मा निर्माण सुरु गरिएको पाइप लाइन सन् २०२१ को सेप्टेम्बरमा सम्पन्न भएको थियो ।

जर्मन चान्सलर ओलाफ सोल्जसँग वासिंगटनमा कुराकानी गर्दै राष्ट्रपति बाइडेनले नोर्ड स्ट्रिम-२ बन्द गरिदिने बताएका हुन् ।

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रो र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा हालै भएको भेटवार्ताको पृष्ठिभूमिमा अमेरिकी राष्ट्रपतिको भनाई सार्वजनिक भएको हो । सम्भावित युद्ध अन्त्य गर्ने विषयमा म्याक्रो र पुटिनबीच छलफल भएको थियो ।

रसियाले कुनै पनि बेला अतिक्रमण गर्न सक्ने पश्चिमेली देशहरुको त्रास छ । यद्यपी, रुसले युक्रेनमा तत्काल आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ । रसियाले युक्रेनसँगको सीमामा आफ्ना एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ८ : १९ बजे

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौं । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा