१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

मस्कोले युक्रेन अतिक्रमण गरे रसियाको ग्यास पाइप लाइन काटिदिन्छौंः राष्ट्रपति बाइडेन



एजेन्सी । अमेरिकी राष्ट्रपति जोन बाइडेनले मस्कोले युक्रेनमा अतिक्रमण गरे जर्मनी जाने रसियाको ग्यास पाइप लाइन नोर्ड स्ट्रिम-२ बन्द गरिदिने चेतावनी दिएका छन् ।

करिब १,२०० किलोमिटर लामो सो ग्यास पाइपलाइन परियोजना बाल्टिक सागर हुँदै पश्चिमी रुसदेखि उत्तर-पूर्वी जर्मनीसम्म जान्छ । सन् २०१२ मा निर्माण सुरु गरिएको पाइप लाइन सन् २०२१ को सेप्टेम्बरमा सम्पन्न भएको थियो ।

जर्मन चान्सलर ओलाफ सोल्जसँग वासिंगटनमा कुराकानी गर्दै राष्ट्रपति बाइडेनले नोर्ड स्ट्रिम-२ बन्द गरिदिने बताएका हुन् ।

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रो र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा हालै भएको भेटवार्ताको पृष्ठिभूमिमा अमेरिकी राष्ट्रपतिको भनाई सार्वजनिक भएको हो । सम्भावित युद्ध अन्त्य गर्ने विषयमा म्याक्रो र पुटिनबीच छलफल भएको थियो ।

रसियाले कुनै पनि बेला अतिक्रमण गर्न सक्ने पश्चिमेली देशहरुको त्रास छ । यद्यपी, रुसले युक्रेनमा तत्काल आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ । रसियाले युक्रेनसँगको सीमामा आफ्ना एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ८ : १९ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू