१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

बुटवलका समाजसेवी खेम पुनको हृदयघातका कारण निधन



बुटवल । बुटवलका समाजसेवी खेम पुनको मंगलबार निधन भएको छ । खेम-ओमी पुन कल्याणकारी प्रतिष्ठानका संस्थापक संरक्षक ६० वर्षीय पुनको मष्तिकघातका कारण मृत्यु भएको हो ।

मष्तिस्कघात भएपछि पुनको उपचारका क्रममा काठमाडौंको ग्रिन सिटी अस्पतालमा मंगलबार मृत्यु भएको ओमी पुन कल्याणकारी प्रतिष्ठानका उपाध्यक्ष नारायणप्रसाद पन्थले बताए ।

नेपाल औषधी ब्यवसायी संघ लुम्बिनीको अध्यक्ष समेत भई सकेका पुन बुटवलमा असल समाजसेवी तथा अभिभावकको पहिचान बनाएका थिए ।

खेम-ओमी पुन कल्याणकारी प्रतिष्ठानले १ करोड रुपैयाँको अक्षयकोष खडा गरेर प्रत्येक वर्ष चिकित्सा, इन्जिनियर अध्ययन गर्ने विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्दै आएको छ ।

औषधि व्यवसायी पुन शनिबार औषधि व्यवसायीको बैठकमा सहभागी हुन वीरगञ्ज पुगेका थिए । बैठककै क्रममा असहज लागेर बाहिरिएका उनी बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

सोमबार हेलिकप्टरमार्फत काठमाडौंस्थित ग्रिनसिटी अस्पताल पुर्‍याएर उपचाररत उनको मंगलबार दिउँसो १२ बजे मृत्यु भएको पन्थले जानकारी दिए ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ५ : ०५ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति