६ पुस २०८२, आइतबार | December 21, 2025

बुटवलका समाजसेवी खेम पुनको हृदयघातका कारण निधन



बुटवल । बुटवलका समाजसेवी खेम पुनको मंगलबार निधन भएको छ । खेम-ओमी पुन कल्याणकारी प्रतिष्ठानका संस्थापक संरक्षक ६० वर्षीय पुनको मष्तिकघातका कारण मृत्यु भएको हो ।

मष्तिस्कघात भएपछि पुनको उपचारका क्रममा काठमाडौंको ग्रिन सिटी अस्पतालमा मंगलबार मृत्यु भएको ओमी पुन कल्याणकारी प्रतिष्ठानका उपाध्यक्ष नारायणप्रसाद पन्थले बताए ।

नेपाल औषधी ब्यवसायी संघ लुम्बिनीको अध्यक्ष समेत भई सकेका पुन बुटवलमा असल समाजसेवी तथा अभिभावकको पहिचान बनाएका थिए ।

खेम-ओमी पुन कल्याणकारी प्रतिष्ठानले १ करोड रुपैयाँको अक्षयकोष खडा गरेर प्रत्येक वर्ष चिकित्सा, इन्जिनियर अध्ययन गर्ने विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्दै आएको छ ।

औषधि व्यवसायी पुन शनिबार औषधि व्यवसायीको बैठकमा सहभागी हुन वीरगञ्ज पुगेका थिए । बैठककै क्रममा असहज लागेर बाहिरिएका उनी बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

सोमबार हेलिकप्टरमार्फत काठमाडौंस्थित ग्रिनसिटी अस्पताल पुर्‍याएर उपचाररत उनको मंगलबार दिउँसो १२ बजे मृत्यु भएको पन्थले जानकारी दिए ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ५ : ०५ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको