१७ माघ २०८२, शनिबार | February 1, 2026

भन्सार कर्मचारी र नेपाल प्रहरीले छाडिदिएको आठ किलो चाँदीका गहना सशस्त्र प्रहरीबाट बरामद



नेपालगन्ज । बाँकेको जमुनाह नाकाबाट भन्सार छलेर नेपालगन्ज ल्याइँदै गरेको ८ किलो २९६ ग्राम चाँदीका गहना सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतीय यूपी ३२ इके८१९६ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त परिमाणमा गहना बरामद गरेको हो ।

जमुनाह नाका र नेपालगन्ज भन्सारका सुरक्षाकर्मीलाई छलेर ल्याइएको ८ लाख ६७ हजार ७ सय १५ रुपैयाँ बराबरको चाँदीका गहना सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो ।

तस्करीमा संलग्न व्यक्ति भने मोटरसाइकल छाडेर फरार भएको सशस्त्र प्रहरी बलले जनाएको छ । उनीहरूलाई लखेट्दासमेत पक्राउ गर्न नसकेको प्रहरीको बनाइ छ । बरामद भएको गहना र मोटरसाइकल सशस्त्र प्रहरीले आजै नेपालगन्ज भन्सारलाई बुझाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ६ : २० बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले