११ बैशाख २०८१, मंगलबार | April 23, 2024

पाल्पामा धार्मिक सम्पदाको पुनर्निर्माण गरिँदै



पाल्पा । पाल्पाको रामपुरमा रहेको ऐतिहासिक लक्ष्मीनारायण धर्मशाला (गुठी) भवनलाई संरक्षण गर्दै पूरानै शैलीमा पुर्नः निर्माणको काम थालिएको छ ।

कालीगण्डकी बेँसीको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको धर्मशाला २०७२ सालको भूकम्पले भवनमा क्षति पु¥याएपछि पौराणिक अस्तित्व बचाइ राख्न अहिले पूरानै शैलीमा पुनः निर्माणको काम धमाधम चलेको छ ।

लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाको स्वामित्वमा धर्मशालाका रुपमा सञ्चालन हुँदै आइरहेको थियो । पूर्ण जीर्णोद्धार गर्न पुरातत्व विभागको विशेष पहलमा पुनर्निर्माण प्राधिकरणको करिब तीन करोड ६ लाख ५३ हजार ६६२ बजेटमा पुनर्निर्माण थालिएको हो ।

पूरानो धर्मशाला भुइँतलासहित तीनतले ६ कोठा, दायाँ र बायाँ एक÷एक वटा बालापाली थियो भने, छानो झिँगटीले छाइएको थियो । सोहीस्वरुपमा नै धर्म एस निर्माण सेवा प्रालिले २०७८ असार १६ गते ठेक्का सम्झौता गरी गत भदौदेखि निर्माण भइरहेको छ। २०८० असार ५ गते भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ८ : ०४ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना