१५ बैशाख २०८२, सोमबार | April 28, 2025

आज सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान



इलाम । इलामको सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ ।

नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भर्ने भएको हो। इलाम नगरपालिका-९ मा नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान भर्न लागिएको हो ।

आउँदो फागुन ८ गतेदेखि व्यावसायिक उडानको तयारी छ । नियमित उडान हुनुअघि विमानस्थलमा आज मौसम अनुकूल भए नेपाल एयरलाइन्सले परीक्षण उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जीनियर विनायक भट्टराईले जानकारी दिए । उनका अनुसार विमानस्थल कालोपत्र भएपछि परीक्षण उडान भएको छैन ।

विमानस्थल कालोपत्र गरिनु अघि २०७५ जेठ २१ गते परीक्षण उडान गरिएको थियो । काठमाडौंबाट १९ सिट क्षमताको तारा एयरको ट्वीनअटर जहाज एक घण्टा दुई मिनेटमा सुकिलुम्बा अवतरण गरेको थियो ।

ताप्लेजुङमा बिहान ७ बजे यात्रु लिएर आउने नेपाल एयरलाइन्सको जहाज सुकेटार विमानस्थलमा यात्रु ओरालेर इलाम आउने बताइएको छ। विमानस्थलको फागुन १ गते पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

यसअघि फागुन ८ गतेदेखि व्यावसायिक उडानका लागि तारा एयर र इलाम नगरपालिकाबीच सम्झौता भइसकेको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ९ : ०४ बजे

नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको

आईपीओको यात्रामा पैचो पसल, एनआईसी क्यापिटलसँग सम्झौता

काठमाडौ । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो

निजी मेडिकल कलेजले माघ २५ देखिकै निर्वाह भत्ता दिनुपर्ने चिकित्सा शिक्षा आयोगको निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको चिकित्सा

प्रचण्डद्वारा बर्दियाका सहिद तथा बेपत्ता परिवारसँग अन्तरक्रिया

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

शिक्षकका मागबारे प्रतिपक्षी दलहरूले संसदमा ल्याए जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं । शिक्षकको मागप्रति सरकार गम्भीर नभएको जिकिर गदैै प्रतिपक्षी