२० मंसिर २०८२, शनिबार | December 6, 2025

तीन महिनामा आयो करिव ५५ अर्ब रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता



काठमाडौं । नेपालले पछिल्लो तीन महिनामा करिव ५५ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार नेपालले २०७९ कात्तिक देखि पुससम्मको अवधिमा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता पाएको हो ।

प्राप्त अन्तर्राष्ट्रिय आर्थिक सहायतामा १ अर्ब ४ करोड ६ लाख रुपैयाँ अनुदान र ५३ अर्ब ८७ करोड ३ लाख ६ हजार रुपैयाँ ऋण सहायता रहेको छ ।

नेपालले पछिल्लो तीन महिनामा अनुदान र ऋण गरी कूल ५४ अर्ब ९१ करोड ९ लाख ६ हजार रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको छ ।

पछिल्लो तीन महिनामा एसीयाली विकास बैंक (एडीबी)ले ७ अर्ब १७ करोड रुपैयाँ, कोरियाले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएमएफ)ले ४६ अर्ब ७९ करोड ३ हजार रुपैयाँ नेपाललाई उपलब्ध गर्ने सम्झौता नेपाल सरकारसँग गरेका छन् ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ४ : ३४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय