१७ माघ २०८२, शनिबार | January 31, 2026

प्रधानसेनापति शर्माले गरे तिंङ्कर सडकको निरीक्षण



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंङ्कर सडकको निरीक्षण गरेका छन् । सुदूरपश्चिमको भ्रमणमा आएका प्रधानसेनापति शर्माले आज उक्त सडकको हेलिकोप्टरमार्फत निरीक्षण गरेका हुन् ।

प्रधानसेनापति शर्माले तिंङ्कर सडकको हवाई निरीक्षण गरेको सैनिक निर्देशनालयले जनाएको छ । निरीक्षण भ्रमण पूर्व उनले सुदूर पश्चिम प्रदेशका प्रदेश प्रमुख, मुख्य मन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रीसँग भेटघाट तथा छलफल गरेका थिए ।

दुई दिने निरीक्षण भ्रमणको क्रममा रहेका प्रधान सेनापति शर्माले २८ माघमा कञ्चनपुरको गड्डाचौकीस्थित नेपाली सेनाद्वारा निर्माणाधीन होल्डिङ सेन्टरको अवलोकन गर्ने कार्य योजना रहेको बताइएको छ ।

व्यास गाउँपालिकाको तुसर पानीदेखि कोठेधारसम्म चार किलोमिटर र कोठे धारदेखि तिंङ्करसम्मको ८७ किलोमिटर सडकखण्डको जिम्मा सेनालाई दिइएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ८ : २० बजे

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

चौथो न्यू होराइजन कप अन्तर मावि छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो न्यू होराइजन कप अन्तर माध्यमिक

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।