३ पुस २०८२, बिहिबार | December 19, 2025

एमसीसी कार्यान्वयन नगर्ने भए फिर्ता पठाऔँ : कांग्रेस उपसभापति गुरुङ



काठमाडौं । कांग्रेस उपसभापति धनराज गुरुङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० बारे नेपालले कमजोरी गरेको बताएका छन् ।

परियोजना सञ्चालन सम्झौता सन् २०१७ र कार्यान्वयनको सम्झौता सन् २०१९ मा गरे पनि तीन वर्षदेखि अड्काइराख्नु कमजोरी भएको उनको भनाइ छ ।

कार्यान्वयन गर्ने नै भए अनुमोदन गर्नुपर्ने र नगर्ने नभए छिटो फिर्ता पठाउनुपर्ने उनको धारणा छ । संसदबाट अनुमोदन गर्ने भनेर परियोजना अड्काइराख्दा विभिन्न प्रश्न उठ्नु स्वाभाविक भएको गुरुङको भनाइ छ ।

‘सम्झौतामा हस्ताक्षर गरेको पाँच वर्ष भइसक्यो । कार्यान्वयन पत्रमा हस्ताक्षर गरेको तीन वर्ष सुरु भइसक्यो । तर, कार्यान्वयन नगरेपछि त प्रश्न उठ्दैन र रु त्यसैले यहाँ हाम्रो धेरै कमजोरी भए’, कांग्रेस उपसभापति गुरुङले भने, ‘कार्यान्वन गर्ने भए अनुमोदन गरौँ । नगर्ने भए छिटो फिर्ता पठाऔँ ।’

परियोजनामा जनता समाजवादी पार्टीेदेखि कांग्रेस, एमाले र माओवादीलगायत पार्टी मुछिएकाले छिटो अनुमोदन गर्ने कि फिर्ता पठाउने भन्नेमा निर्णय लिनुपर्नेमा उनले जोड दिए । तर, अमेरिकी प्रशासनले छिटो अनुमोदन गर्न भनेर दबाब दिनुलाई भने ‘अस्वाभाविक सक्रियता’ भएको टिप्पणी गरेका छन् ।

अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टेलिफोन गर्दै एमसीसी परियोजना छिटो अनुमोदन गर्न दबाब दिएका थिए ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  १२ : ३७ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको