काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ११२८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा नेपालमा १४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घण्टामा २० हजार ९८९ जनामा कोरोना परीक्षण भएकोमा ११२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाकै अवधिमा २२१५ जना निको भएका छन् ।
संक्रमितमध्ये हालसम्म ९ लाख ३२ हजार ८२२ जना निको भएका छन् । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८७८ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित २७ हजार ४४१ जना रहेका छन् ।



















प्रतिक्रिया