१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

दालगाउँमा पुग्यो मोटर



रसुवा । उत्तरी रसुवास्थित थुमन दालगाउँ सडक सञ्जालसँग जोडिएको छ । गाउँलाई सडक सञ्जालसँग जोड्न यहाँ निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले सहयोग गरेको थियो ।

आयोजना प्रभावित क्षेत्रभित्र बसोबास गर्ने बासिन्दालाई सडक मार्गको सुविधा पु(याई उनीहरूको जीवनमा सुधार ल्याउने उद्देश्यले पाँच किलोमिटर सडक निर्माणमा गरिएको जनाइएको छ ।

भिरालो जमिन भएका कारण वातावरणीय पक्षलाई विशेष ध्यान दिँदै आयोजनाको आफ्नै उपकरणले सडकको ट्रयाक खुलाएको थियो । अहिले गाउँमा हल्का सवारी साधन पुगेपछि स्थानीय बासिन्दा अत्यन्तै हर्षित भएका छन् ।

स्थानीयवासी बलबहादुर घलेका अनुसार सो सडकले गोसाइँकुण्ड गाउँपालिका-१ दालगाउँका ४६ घर परिवारलाई यातायातको पहुँच पु(याएको छ । मोटरबाटो निर्माण गर्दा निस्किएको खुकुलो माटो जमेपछि टेवा पर्खाल र नालीसमेतको व्यवस्था हुनेमा आफूहरू आशावादी भएको दालगाउँका बासिन्दाले बताएका छन् ।

यस्तै सो आयोजनाले गोसाइँकुण्ड-१ कै थुमनगाउँमा बसोबास गर्ने करिब ४०० घरपरिवारलाई समेत यातायातको पहुँच पु(याउने काम सम्पन्न गरिसकेको छ । रोङ्गा खोला मेन्दोगाङ, गोदेगाङ र तार्सा गाउँको बस्तीलाई समेत केन्द्रबिन्दु पार्दै थुमन गाउँमा ग्रामीण सडक निर्माण गरेको हो ।

गाउँ सडकसञ्जालसँग जोडिएपछि बिरामी अस्पताल लान, खाद्य सामग्री ल्याउन, समयअनुसार थुमनमा उत्पादित कृषिउपज ताजाताजै व्यापारिक केन्द्र पु(याउन सजिलो भएको स्थानीय समाजसेवी लोप्साङ तामाङले जानकारी दिए ।

यातायातको सुविधासँगै अहिले अनेत्र जिल्लामा उत्पादन इँटासमेत निर्माणमा प्रयोग हुन थालिसकेको समाजसेवी उनले बताए । यसैगरी आयोजनाले थुमन गुम्बा निर्माण, ग्रामीण विद्युतीकरणका साथै विविध सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएको छ ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ७ : ४६ बजे

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत

जनकपुर-जयनगर रेल अनिश्चितकालका लागि बन्द

जनकपुरधाम । धनुषामा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि जयनगर-जनकपुर-भंगहा

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौं । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताको स्वामित्वको

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान