३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

‘खल्ती’ बाट ‘काठमाडौं उपत्यका खानेपानी लिमिटेड’ को बिल भुक्तानी सुविधा सुरु



काठमाडौं । काठमाडौंबासीले लामो समयदेखि प्रतिक्षा गरिरहेको ‘काठमाडौं उपत्यका खानेपानी लिमिटेड KUKL’ को बिल भुक्तानी अब अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएको छ ।

व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्ने तथा ढिला भइ जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको छ । त्यति मात्र हैन, ‘खल्ती’बाट खानेपानीको बिल भुक्तानी समय मै गरी रिबेट÷छुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस सेवाकाबारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘काठमाडौं उपत्यका खानेपानी लिमिटेडको यो सेवा काठमाडौँका बासिन्दाहरुले वर्षौदेखि पर्खि आएका छन् र यस सेवालाई हामीले डिजिटल रूपमा दिन पाउँदा धेरै उत्साहित छौं ।’

‘खल्ती’बाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी गर्नका निम्ति यदि २०६८ भन्दा पहिलेको भुक्तानी गर्न बाँकी भए बोर्ड अमाउन्ट तिर्न पर्नेछ । त्यसपछि आफ्नो नियमित भुक्तानी तिर्न बिल अमाउन्ट बाट भुक्तानी गर्न सकिनेछ ।

खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरी ६०,०००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदान प्रदानको सेवा दिँदै आएको छ । यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ११ : १६ बजे

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या

सुनसान मुदी, सडक सञ्जाल र हेलिकप्टरले यसरी खोस्यो स्थानीयवासीको जीविका

म्याग्दी । धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने

बेइजिङमा सी र ट्रम्पबीच उच्च महत्वको शिखर वार्ता

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र  अमेरिकी राष्ट्रपति डोनाल्ड

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सिरहा । सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा

भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीन : पर्यटन बोर्ड

काठमाडौं । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ