७ पुस २०८२, सोमबार | December 22, 2025

पक्राउ परेका बलात्कार अभियुक्त भागे, प्रहरीले मिलेमतोमा भगाएको पीडित पक्षको आरोप



महोत्तरी । सेटिङ्गमा जुवा खेलाएको भन्दै यसअघि आलोचना व्यहोरेको महोत्तरीका प्रहरी फेरि अर्को घटनाका कारण चर्चामा रहेको छ ।

जबरजस्ती करणी गरि फरार रहेका अभियुक्त पक्राउ गरेको प्रहरीको घेराबाट भागेपछि आलोचना भइरहेको हो । पीडितपक्षले प्रहरीको मिलेमतोमा अभियुक्तलाई भगाइएको आरोप लगाएको छ । जबरजस्ती करणीका फरार अभियुक्त जितु मण्डललाई प्रहरीले भगाएको पीडित पक्षको आरोप छ ।

मण्डलविरुद्ध १० साउन २०७७ रातको ९ बजे जिल्लाको रामगोपालपुरकी एक महिलालाई जबरजस्ती करणी गरेको भन्दै पीडितपक्षले किटानी जाहेरी दिएका थिए । जिल्लाकै औरही नगरपालिका बस्ने २६ वर्षीय जितु मण्डलसहित सोही उमेरका खुस्रे मुखियाले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी परेसँगै उनीहरु फरार भएका थिए ।

रातको ९ बजे सौच गर्न निस्किएकी महिलालाई दुई जनाले जबरजस्ती करणी गरेको प्रमाणहरु घटनास्थलवाट बरामद भए पनि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सकेको थिएन ।

`हामी न्यायको लागी सयौ पटक जिल्ला प्रहरी कार्यालय जलेश्वर पुग्यौ तर प्रहरीले खोजी हुँदै छ भन्दै टारे´ पीडित महिलाका देवरले गुनासो गरे ।

शुक्रबार के भयो ?

१ बर्षदेखि फरार अभियुक्त जितु मण्डल शुक्रबार मामाघर आउने सुइको पाएपछी स्थानीयहरुले प्रहरीलाइ खबर गरे । गत शुक्रवार आरोपित भनिएका मण्डल भंगाहा नगरपालिकास्थित मेघरौलमा मामाघरमा पनि आए ।

शुक्रबार प्रहरीहरु मामाघरमा नै पुगेर मण्डललाई पक्राउ गर्‍यो । उनी पक्राउ परेपछि पीडित परिवारमा न्याय पाउने आशा पलाएको थियो ।

तर जब अभियुक्त मण्डल हतकडीसहित भागेको थाहा पाए तब पीडितहरुको घाउ झन आलो बन्यो । वडा अध्यक्ष जितेन्द्र चौधरीका अनुसार मण्डल भागेको हो कि भगाइएको हो भन्ने बिषयमा प्रहरी कै मत बाझिएको छ ।

उनले भने `प्रहरीले मण्डल हतकडीसहित भागेको भनेका छ। तर हतकडी लगाइएको ब्यक्ति सजिलै कसरी भाग्यो भन्नेमा विभिन्न आशंका छन्, प्रहरीसँग कुरा गर्दा कहिले हतकडीसहित भागेको भन्छन्, कहिले हतकडी फुकाइदिएपछि भागेको भन्छन्।´

प्रहरीले हत्कडीसहित भागेको दाबी गरे पनि हत्कडी भने प्रहरी कार्यालमानै रहेको दाबी स्थानीयको छ । प्रहरीको हतकडीसहित भागेको वा हत्कडी खोलेर भगाइएको विषय यतिबेला महोत्तरीमा चर्चामा रहेको छ ।

पीडित महिलाका देवरले प्रहरीले अभियुक्त मण्डललाई मिलोमतोमा नै भगाएको आरोप लगाएका छन् ।

करणी भएको ठाउँवाट मण्डल र मुखियाको ज्याकेट, मोबाइल समेत बरामद गर्दा पनि पक्राउ गरेर कारवाही प्रक्रिया अगाडि बढाउन नसक्नु र आरोपित मण्डललाई भगाउने चलखेल हुनुले घटनामा प्रहरीको मिलेमतो रहेको आरोप पीडित पक्षको छ।

घटनालाई नजिकबाट नियालेका वडा अध्यक्ष जितेन्द्र चौधरीले समेत प्रहरीको अनुसन्धान शंकाको घेरामा रहेको दाबी गरे । उनले अभियुक्तलाई उन्मुक्ति दिन खोजिएको बताए ।

प्रहरीले भने घटनालाई ठूलो बनाएर मिडियावाजी नगर्न भन्दै धम्कीका साथै प्रलोभन समेत पार्न खोजेको अडियो समेत प्राप्त भएको छ । घटनाबारे प्रहरीमाथि नै अनुसन्धान गर्न पीडित पक्ष र स्थानीयको माग छ ।

बोल्न नसक्ने महिला सौच गर्न गएको वेला उखुवारीमा लगेर जवर्जस्त करणी गरेको विभिन्न प्रमाण भए पनि पीडितलाई पीडक पक्षले उजुरी गरेपछी धम्की दिँदै कुटपिट समेत गरेको पीडित महिलाका श्रीमानले बताए ।

प्रहरी के भन्छ ?

प्रहरीले भने जाहेरीपछि सुक्ष्म रुपमा अनुसन्धान भइरहेको दाबी गरेको छ । अपराधीलाई सजाय दिलाउन प्रहरीले हदैसम्मको प्रयास गरिरहेको एसपी दिनेश आचार्यले बताए । अभियुक्तलाई भगाइएको वा भागेको विषयमा छानबिन भइरहेको एसपी आचार्यले बताए ।

अभियुक्त प्रहरीबाट भगाइएको र पीडित पक्षमाथि हातपात गरेको आरोपमा मण्डलकी आमालाई प्रहरीले पक्राउ गरि छानिबिन गरेको छ ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ७ : २९ बजे

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले