८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

एमसीसी विरोध : रणमैदान झैं बन्यो नयाँ वानेश्वर, प्रदर्शनकारीमाथि अश्रुग्याँस र पानीको फोहोरा (फोटो फिचर)



काठमाडौं । सरकारले संसदमा एमसीसी प्रस्तव पेश गर्ने तयारी गरिरहेको भन्दै बानेश्वर क्षेत्रमा विभिन्न दलले विरोध प्रदर्शन गरिरहेका छन् ।

सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा प्रहरी र केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले पानीको फोहोर प्रयोग गरेको छ ।

प्रदर्शन गर्ने क्रममा नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अखिलका अध्यक्ष सुदेश पराजुली पक्राउ परेका छन् ।

उनी नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ परेका हुन् । प्रदर्शनकै क्रममा माओवादी निकट युवा संगठन वाइसिएलका संयोजक सुमन देवकोटा घाइते भएका छन् ।

एमसीसीसम्बन्धी प्रस्ताव आज संसद् बैठकमा टेबुल हुने भनिएपछि विभिन्न दलका निकट युवा विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका थिए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार प्रदर्शनको क्रममा उछृङ्खल गतिविधि गर्नेहरू पक्राउ परेका छन् ।


तस्बिर : न्यूज कारखाना

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  २ : ५४ बजे

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फागुन २२ गते साधारण तारिख

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक : कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा

दाङ पुगेर रविले भने- मलाई जेल पुर्‍याउने बाका प्रिय पात्र यहीँ छन्

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई

वीरेन्द्रको शालिकमाथि रास्वपा कार्यकर्ताको अभद्र व्यवहार, राप्रपाद्वारा अभद्र व्यवहारको भर्त्सना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशले राष्ट्रिय स्वतन्त्र

विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित तीन भारतीय पक्राउ

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब