२ बैशाख २०८३, बुधबार | April 15, 2026

ब्राजिलको बाढी पहिरोमा कम्तिमा ७१ जनाको मृत्यु



एजेन्सी । ब्राजिलमा बाढी र पहिरोमा परेर कम्तिमा ७१ जनाको मृत्यु भएको छ । ब्रजिलको पेट्रापोलिस सहरमा गएको बाढी र पहिरोमा अन्य केही हराइरहेका छन् ।

रियो दि जेनेरियोको उत्तरमा पहाडमा रहेको सहर अविरल वर्षाले प्रभावित भएको छ । बाढीले पहाडी क्षेत्रका घरहरू पुरिएका छन् भने पानीले सहरका सडकहरू जलमग्न बनेका छन् । सो सहरका मेयरले आपतकाल घोषणा गरेका छन् । बाढीमा फँसेका मानिसहरको खोजी र उद्दार कार्य तीव्र पारिएको छ ।

समाजिक सञ्जालमा अपलोड गरिएका भिडयोहरुमा बाढीले ठूलो क्षति पु–याएको र सवारी साधन सडकमा तैरिएको देख्न सकिन्छ । ‘मैले जीवितै पुरिएकी एक किशोरीलाई फेला पारे,’ एक स्थानीय वेन्डेल पिओ लउरेन्सले भने । बाढी पहिरोले प्रभावित क्षेत्र रणभूमि जस्तो बनेको उनले बताए ।

रसिया भ्रमणमा रहेका राष्ट्रपति जैर बोल्सोनारेले पीडितलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराइने बताए । बाढीमा फसेका व्यक्तिको उद्दारका लागि सेना र विशेष समूह परिचालन गरिएको छ ।

सबैभन्दा बढी प्रभावित क्षेत्रमा ८० घरमा पानी बगेर क्षति पुगेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ७ : ०१ बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले