९ आश्विन २०८०, मंगलबार | September 26, 2023

ब्राजिलमा बिमान दुर्घटना, १४ जनाको मृत्यु



रियो दि जिनरियो । ब्राजिलको अमेजोनास राज्यमा शनिबार एउटा विमान दुर्घटना भएको छ । जस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ ।

समाचार अनुसार सो राज्यको राजधानी मनौसबाट करिब ४०० किलोमिटर टाढा रहेको बार्सेलोसमा बिमान दुर्घटना भएको हो । मृत्यु हुनेमा अमेरिकी नागरिक पनि रहेको मिडिया रिपोर्टमा दाबी गरिएको छ ।

अमेजनस राज्यका गभर्नर विल्सन लिमाले सामाजिक सञ्जाल पोस्टमा भने, ‘शनिबार बार्सिलोसमा भएको विमान दुर्घटनामा परी १२ जना यात्रु र दुई चालक दलका सदस्यको मृत्यु भएकोमा गहिरो दुःख लागेको छ।  हाम्रा टोलीहरू आवश्यक सहयोग प्रदान गर्न काम गरिरहेका छन् । मृतकका परिवार र आफन्तजनमा मेरो समवेदना र प्रार्थना छ ।’

यसअघि मानौस एरोट्याक्सी एयरलाइन्सले विमान दुर्घटनाको पुष्टि गर्दै घटनाको अनुसन्धान गरिरहेको बताएको थियो तर मृत्युबारे कुनै जानकारी दिइएको थिएन । एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ कि हामी यस कठिन समयमा दुर्घटनामा ज्यान गुमाउनेहरूको गोपनीयताको सम्मानमा भरोसा गर्दछौं र अनुसन्धान अगाडि बढ्दै जाँदा सबै जानकारी प्रदान गरिनेछ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ८ : ०७ बजे

प्रधानमन्त्रीको चीन भ्रमण : अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता

बेइजिङ । नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय

सुनचाँदीको भाउमा आयो गिरावट, आजको मूल्य कति ?

काठमाडौ । सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँले घटेको छ

अर्घाखाँचीमा ११ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ

अर्घाखाँची । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँचीमा

हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान १०ः३७

शुक्रबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक एकसाता पछि सर्‍यो

काठमाडौं। आउँदो शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक सारिएको छ