२३ बैशाख २०८१, आइतबार | May 5, 2024

अमेरिकी आलोचनाको ब्राजिलद्वारा खण्डन



ब्रासिलिया । ब्राजिलले आफ्ना राष्ट्रपतिमाथि युक्रेन युद्धलाई लिएर चीन र रुसको भाषा बोलेको आरोपको खण्डन गरेको छ । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले सोमबार मस्कोका एक जना शीर्ष कूटनीतिज्ञसँग भएको भेटवार्तालाई लिएर वासिङ्टनले गरेको आलोचनाको ब्राजिलले अस्वीकार गरेको हो ।

चीन र मध्यपूर्वका भ्रमण पूरा गरी राजधानी फर्किएका ब्राजिलका राष्ट्रपति र रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभसँगको भेटवार्तामा पनि उनले चीन र मध्यपूर्व भ्रमणका बेला ‘युक्रेन युद्ध अन्त्य तथा त्यहाँ शान्ति स्थापनाका निम्ति अमेरिकाले प्रयास गर्नुपर्ने’ मा जोड दिएका थिए ।

युक्रेनमा युद्ध स्वयम् किएभले नै निम्त्याएको उनको कथनप्रति अमेरिकाले आपत्ति जनाएको थियो । वासिङ्टनले राष्ट्रपति लुला चीन र रुसका समर्थक भएको आरोप लगाएको छ । मस्कोमाथि प्रतिबन्ध लगाउने तथा किएभलाई सुदृढ पार्ने अन्तरराष्ट्रिय प्रयास तथा विशेष गरी पश्चिमा राष्ट्रका कदमप्रति राष्ट्रपति लुलाले गरेको टिप्पणीबाट अमेरिका रुष्ट भएको छ ।

युक्रेन युद्धलाई लिएर चीन तटस्थ देखिए पनि मस्कोसँगको बेइजिङको साझेदारी कायम छ । बेइजिङ मस्कोमाथि प्रतिबन्ध लगाउने नीतिको विपक्षमा छ । युक्रेनमा शान्ति कायम गर्न मध्यस्थता गर्ने प्रयासस्वरुप केही साताअघि बेइजिङले शान्ति स्थापनाको मार्गचित्र पनि प्रस्तुत गरेको थियो ।

करिब एक महिनाअघि रुस भ्रमणका बेला चिनियाँ राष्ट्रपति सी चीनफिङले युक्रेनको मुद्दामा शान्ति र न्यायका निम्ति आवाज उठिरहेको बताएका थिए । विश्वका अधिकांश देशले तनाव कम गर्ने, शान्ति वार्ताको पक्षमा उभिने अभिमत जाहेर गरेका बताउँदै उनले वार्ताको माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ४ : २० बजे

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं

पटकपटक हेर्न नभ्याइनेमा पर्दैआएको सन्दीपको मुद्धा आज ‘हेर्न नमिल्ने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ुहेर्न नमिल्नेमा

उच्चस्तरीय भ्रमणले घनिष्ट हुँदैछ नेपाल-जापान सम्बन्ध

काठमाडौं । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपालको औपचारिक भ्रमणमा