१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

गणेशका मूर्ति चोरी गरेको आरोपमा दुई युवक पक्राउ



काठमाडौं । नेपाल प्रहरीले गणेशका मूर्ति चोरी गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले ढलौट चोरेर ठमेलबाट डल्लुतर्फ जाँदै गरेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ का १८ वर्षीय सुदीप नेपाली र रसुवा गोसाइँकुण्ड गाउँपालिका-५ का १८ वर्षीय रमेश बागदासलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले चार थान ढलौटको मूर्तिसहित सुदीप र रमेशलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरुबाट प्रहरीले दुई किलो १०० ग्राम गणेशको मूर्ति, एक किलो ३०० ग्रामको गणेशको मूर्ति, एक किलो २०० ग्रामको गणेशको मूर्ति र एक किला ५०० ग्रामको बुद्धको मूर्ति बरामद गरेको छ । दुवै जनाले ज्याकेटभित्र मूर्ति लुकाएर ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद-२० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ७ : ०७ बजे

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस केन्द्रित दलका नेताहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams