१६ चैत्र २०८२, सोमबार | March 30, 2026

सुनलाई ‘भाग्यशाली’ मान्थे बप्पी, सुनकाे टिसर्ट उपहार पाएका थिए



काठमाडौं । बलिउडका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको लामो अस्वस्थता पछि मंगलबार राति निधन भयो । उनले ६९ वर्षको उमेरमा मुम्बईको क्रिटी केयर अस्पतालमा अन्तिम श्वास फेरे । बप्पी ओब्स्ट्रक्टिव स्लीप एपनिया(ओएसए) र रिकरेन्ट चेस्ट इन्फेक्सनबाट पीडित थिए ।

संगीत उद्योगमा बप्पीले अभूतपूर्व उपलब्धि हासिल गरे । तर, आफ्नो सांगीतिक करियरका अलावा उनी सुन प्रेमका कारण पनि चर्चामा आइरहन्थे । बप्पी सुनलाई भाग्यशाली मान्थे, त्यही कारण सुनलाई उनले कहिल्यै छोडेनन् । सुनको गहना लगाएर बप्पीले आफ्नो सिग्नेचर लुक सिर्जना गरे, जुन सदाका लागि सम्झनलायक बन्यो ।

एक अन्तर्वार्तामा बप्पीले सुनप्रति आफ्नो मोहलाई खुलाएका थिए । उनका अनुसार उनी अमेरिकन स्टार एल्विस प्रेस्लीको ठूलो फ्यान थिए । एल्विसलाई उनको हरेक प्रस्तूति पछि सुनको चेन लगाइदिने गरिन्थ्यो । त्यो समयमा बप्पी संघर्षको यात्रामा थिए । एल्विसलाई सुनको चेन लगाइदिएको देखेपछि उनले आफूले पनि सफलता पाएपछि धेरै सुनको चेन र गहना लगाउने वाचा गरेका थिए । उनले त्यो वाचा साँच्चै नै पूरा गरे । उनले शरीरमा सुनको गहना यति धेरै लगाए कि उनलाई भारतको ‘गोल्डमेन’को उपाधि नै दिइयो ।

उनी जहिल्यै गलामा कैयौं मोटा-मोटा चेन, औंलामा कैयौं औँठी लगाउँथे । यी गहना उनका लागि विशेष थिए । उनले गलामा जति चेन लगाए, ती चेनको आफ्नै नाम थियो । भगवानप्रति अथाह आस्था राख्ने बप्पीसँग चेनको नाम गणपति बप्पा, हरे कृष्णा, बालाजी, जय माँ दुर्गा राखेका थिए । उनले आमाबाट उपहारका रुपमा पाएको पहिलो चेनको नाम हरे कृष्णा राखेका थिए । उनीसँग सुनको ब्रासलेट र औँठीको कलेक्सन नै थियो ।

सुनको सौखिन बप्पीले पछिल्लोपटक सुनको टिसर्ट धनतेरसमा पाएका थिए । उनले यो टिसर्ट श्रीमतीबाट उपहार स्वरुप पाएका थिए ।

‘डिस्को डान्सर’ गायक बप्पीले सन् २०१४ मा भएको लोकसभा चुनावमा आफ्नो दाबेदारी प्रस्तूत गरेका थिए । उम्मेद्वारी दर्ताको समयमा आफ्नो सम्पत्ति र सुनचाँदीको विवरण पनि बुझाएका थिए । त्यो समयमा उनले विवरणमा ७ सय ५२ ग्राम सुन, ४ किलाे ६३ ग्राम चाँदी उल्लेख गरेका थिए । बप्पी २० करोड सम्पत्तिका मालिक थिए ।

बप्पीले बलिउडमा करिब ४८ वर्षसम्म आफ्ना गीतका कारण दर्शकको मन जिते । उनले करिब ५ सय फिल्ममा ६ हजार बढी गीत कम्पोज गरे र त्यति नै गीत पनि गाए ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ९ : ३६ बजे

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज

लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा तत्काल रिहाको आदेश आएन, कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

काठमाडौँ । मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक

ओली पक्राउको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा