२ पुस २०८२, बुधबार | December 17, 2025

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता, गठबन्धनको बैठक ५ बजे सारियो



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

गठबन्धनका दुई शीर्ष नेताबीच बिहीबार बिहान भेटवार्ता भएको हो । यससँगै दिउँसो ३ बजे बस्ने भनिएको गठबन्धनको बैठक साँझ ५ बजेका लागि सरेको छ ।

दुई नेताबीच एमसीसी र गठबन्धनको भविष्यको विषयमा साझा सहमति कसरी खोज्न सकिन्छ भनेर छलफल भएको छ । यद्यपी, दुवैका आआफ्ना अडान अहिलेसम्म कायमै रहेका छन् । सहमतिका लागि अनौपचारिक छलफल गर्न बैठक दुई घण्टा ढिलो सारिएको बताइएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा प्रतिनिधिसभाको भोलिको बैठकमा एमसीसीलाई जसरी पनि टेबल गर्ने पक्षमा छन् । तर, माओवादी अध्यक्ष प्रचण्ड भने सहमति विना टेवल गर्न नहुने अडानमा छन् । एमसीसीलाई एकपक्षीय ढंगले अघि बढाए सरकारबाटै बाहिरिने निर्णय माओवादी संसदीय दलले गरिसकेको छ । प्रधानमन्त्री देउवा भने गठबन्धन भत्किनै पर्यो भने पनि एमसीसी पारित गर्नुपर्ने अडानमा छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  १० : ३४ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको