१५ भदौ २०८३, सोमबार | September 1, 2026

प्रधानमन्त्रीको आह्वान – एमसीसी फेल/पास जेसुकै होस, टुंगो लगाउन संसदलाई दिउँ



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे टुंगो लगाउने जिम्मा जनप्रतिनिधिको संस्था संसदलाई दिन आह्वान गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने सरकारको तयारी सत्तासाझेदार दल माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा रोकिएको थियो ।

भोलिपल्ट बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्न संसदलाई दिनुपर्नेमा जोड दिएका छन्।

जनप्रतिनिधिको संस्था संसदलाई एमसीसीबारे निर्णय गर्ने अधिकार दिन आह्वान गर्दै उनले एमसीसीको पक्षमा उभिन डराउनु नपर्ने बताए ।

आफ्नो पार्टी कांग्रेस एमसीसीको पक्षमा रहे पनि यसबारे निर्णय गर्न संसदलाई नै दिनुपर्ने दोहोर्‍याउँदै कांग्रेस सभापति देउवाले भने, ‘कांग्रेस एमसीसीको पक्षमा छ । यसलाई अनुमोदन गर्र्नुपर्ने पार्टीको कार्यसम्पादन समिति र संसदीय दलले निर्णय गरिसकेको छ । तर, पनि यसको अन्तिम निर्णय गर्ने अधिकार संसदलाई दिउँ ।’

देउवाले भने, ‘एमसीसी पास गराउन हामीले एक मतले निर्णय गरेका हौं । त्यसमा लागिराखेको छु । फेल पनि हुनसक्छ, पास पनि हुनसक्छ थाहा छैन ।’ उनले एमसीसी राष्ट्रको हितमा भएको जिकीरसमेत गरे । जनप्रतिनिधिलाई नै एमसीसी पास गर्ने कि फेल गर्ने भन्ने विषयलाई टुंग्याउन दिउँ ।’

 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  १२ : ३४ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,