१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

निर्वाचन आयोगमा ‘सामाजिक एकता पार्टी’ दर्ता



काठमाडौं । निर्वाचन आयोगमा सामाजिक एकता पार्टी’ नामक दल दर्ता भएको छ ।

सिबी गहतराजको अध्यक्षतामा गठन गरिएको सो पार्टीलाई बिहीबार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र औपचारिक रुपमा दिएको हो । यही फागुन ३ गते बसेको निर्वाचन आयोगको बैठकले सो दल दर्ताको प्रमाणपत्र दिने निर्णय गरेको थियो ।

धर्म निरपेक्षताको पक्षधरताको रुपमा खडा भई संविधानको रक्षा गर्ने र मुलुकमा विद्यमान सबै खालको सामाजिक विभेदहरुको अन्त्यगरी मुलुकलाई समृद्ध बनाउन लागिपर्ने मुख्य उद्देश्यका साथ निर्वाचन आयोगमा पार्टी दर्ता गरिएको अध्यक्ष गहतराजले बताए । उनले धर्म निरपेक्षताका पक्षधर सबैलाई सो पार्टीमा समाहित हुन पनि आग्रह गरे । अध्यक्ष गहतराजले भने, ‘संविधानको रक्षा गर्ने, धर्म निरपेक्षताको पक्षधरताको रुपमा खडा हुने र समाजमा विद्यमान सबै खालका विभेदहरुको अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने मुख्य उद्देश्यका साथ यो पार्टी निर्वाचन आयोगको दर्ता गरिएको हो । म यस अवसरमा धर्म निरपेक्षताका पक्षधर सबैलाई यो पार्टीको पक्षमा उभिन आग्रह गर्दछु ।’

अध्यक्ष गहतराजले पार्टीले प्रारम्भमा वडा तहबाटै हुने गरेका धार्मिक विभेद अन्त्य गर्ने अभियानलाई संचालन गर्ने बताए ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  २ : ४३ बजे

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस केन्द्रित दलका नेताहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams