काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ ।
दुई घण्टादेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुई घण्टा एमसीसीका विषयमा छलफल भएको छ ।
एमसीसीबारे निर्णायक छलफलका रुपमा हेरिएको बैठकमा सहमति जुट्न नसकेपछि भोलि बिहान पुनः बैठक बस्ने भएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि टेबल गर्ने अडान राखेका थिए ।
देउवाले गठबन्धन पनि जोगाऔं र कम्तीमा एमसीसी टेबल पनि गरौं भनेका कांग्रेस महामन्त्री गगन थापाले बताए ।
तर, माओवादी, एकीकृत समाजवादीले भने पहिला संसद् खुल्नुपर्ने अडान राखेका छन् । उनीहरुले एमसीसीमा सहमति कायम नभै संसदमा पेश गर्न नहुने बताएका छन् ।


















प्रतिक्रिया