८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

सदस्य-सचिवको अभावमा रोकिएका सबै काम अगाडि बढाउछु – कुलबहादुर थापा



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी अधिकारको जिम्मेवारी पाएका कुलबहादुर थापाले राखेप सदस्य–सचिवको अनुपस्थितिमा रोकिएका सबै कामलाई अगाडि बढाउने बताएका छन् । बिहीबार पदवहाली गर्ने क्रममा थापाले सो कुरा बताएका हुन् ।

‘अहिलेको तड्कारो आवश्यकता भौतिक पूर्वाधार हो । जुन ठप्प रुपमा छन् तिनलाई अगाडि बढाउछु ।’ पदवहाली गर्ने क्रममा थापाले भने– ‘एसियाली खेलकुद र नवौं राष्ट्रिय खेलकुदका लागि सुरु हुनु पर्ने खेलाडीको प्रशिक्षण र पूर्वाधारका काम पनि सबै अगाडि बढाउछु । सदस्य–सचिवको अनुपस्थितिमा थाती रहेका सबै काम अगाडि बढाउछु ।’

थापाले करिब २८ वर्ष आफूले राखेपमै बिताएको बताउदै भने– ‘यहाँका सबै समस्याका बारेमा मलाइ जानकारी छ । मैलै बुझ्दै छु भन्न पाउदिन । जुन ग्यापले हाम्रो समस्यहरु अड्केर बसेका छन् ऐन, कानून, नियम, विधि, विधानलाई हेरेर मन्त्रीज्यू, उपाध्यक्षज्यू, कार्यकारी समितिलगायत सरोकारवाला सबैसंग समन्वय गरी काम गर्ने छु ।’

उलने आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राखेपप्रति आभार प्रकट गर्दै मन खिन्न हुन कुनैपनि कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

युवा तथा खेलकुद मन्त्रालयले बुधबार थापालाई राखेपका सदस्य–सचिवको अनुपस्थितिमा सदस्य–सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार दिएको थियो ।

उपाध्यक्षलाई अधिकार प्रत्यायोजन
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालालाई अधिकार प्रत्यायोजन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १२ को खण्ड (ख) बमोजिम उपाध्यक्ष कोइरालालाई अधिकार प्रत्यायोजन गरिएको हो ।

प्रत्यायोजित ८ बुँदे अधिकारमा खेलकुद पूर्वाधार निर्माण गर्दा कायम गर्नु पर्ने न्युनतम मादण्ड तयार गरी राखेपका अध्यक्ष समक्ष पेश गर्ने र सो बमोजिम हुने गरी आवश्यक कार्य गर्ने/गराउने, परिषद्को मानव श्रोत भौतिक संरचना विकास एवं व्यवस्थापनका लागि आवश्यक कार्य गर्ने/गराउने, राष्ट्रिय खेल संघहरुको विवाद समाधान र अन्य कार्यमा प्रक्रियागत काम गर्ने/गराउने, ओलम्पिक कमिटी र विभिन्न खेल संघहरुसंग आवश्यक समन्वय गर्ने/गराउने, राखेपमा रहेको बेरुजु फछ्र्यौट गर्ने/गराउने, राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना सम्बन्धमा आवश्यक तयारी गर्ने/गराउने, प्रत्यायोजित अधिकार बमोजिमको कार्य गर्न आवश्यकता अनुसार समिति वा कार्यदल गठन गर्नु पर्ने भए राखेपका अध्यक्ष समक्ष सिफारिस गर्ने र राखेपको प्रशासनसंग सम्बन्धित काममा समन्वय गर्ने/गराउने रहेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  १० : २१ बजे

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,

नेपालगञ्जको वेस्टर्न मार्टमा आगलागी

बाँके । नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको वेस्टर्न मार्टमा आगलागी भएको

एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा एक पक्राउ

काठमाडौं । नेकपा (एमाले)को चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फागुन २२ गते साधारण तारिख

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक : कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा