८ फाल्गुन २०८२, शुक्रबार | February 21, 2026

आज प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसीले पाउला प्रवेश ?



काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसदको दशौँ अधिवेशनको पाँचौँ बैठक आज बस्न लागेको हो । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने तय छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व.२०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने चर्चा पनि छ । तर, संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी परेको छैन । यसअघि बिहीबार साँझ बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले एमसिसी आज संसदमा टेबल नगर्ने निर्णय गरेको थियो।

सत्ता गठबन्धनमा कांग्रेस एमसिसी टेबल गर्ने पक्षमा अभिएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी भने त्यसको विपक्षमा उभिएका छन । लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदले संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । जसअनुसार आज पनि एमालेको अवरोधले निरन्तरता पाउने बलियो सम्भावना रहेको छ ।

संसद् बैठकअघि आजै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्दै छ । त्यसले बैठकका कार्यसूची तय गर्नेछ । संसदको अवरोध खुलाउने विषयमा पनि बैठकमा छलफल हुनेछ ।

त्यसअघि, आजै बिहान सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको पनि बैठक बस्दैछ । बैठकले एमसीसीलगायतका विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ७ : ३३ बजे

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,

नेपालगञ्जको वेस्टर्न मार्टमा आगलागी

बाँके । नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको वेस्टर्न मार्टमा आगलागी भएको

एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा एक पक्राउ

काठमाडौं । नेकपा (एमाले)को चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फागुन २२ गते साधारण तारिख

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक : कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा