२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

प्रजातन्त्र दिवसमा चितवन कारागारका ११ कैदीको सजाय मिनाहा



चितवन । मन्त्री परिषद्को सिफारिसमा प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका पाँच सय एक कैदीवन्दीको सजाय मिनाहा र १२ जनालाई आममाफी दिएकी छन् । राष्ट्रपति कार्यालयले कैदीबन्दीको सजाय मिनाहा तथा आममाफी दिएको सूचना शुक्रबार नै निकाले पनि कैदीवन्दीहररू आज प्रजातन्त्रको दिवसको दिन छुटेका हुन् ।

चितवन कारागारका ११ कैदीले पनि सजाय मिनाहा पाएका छन् । तीमध्ये सवारी ज्यान मुद्दाका पाँच [नवलपरासी पूर्वका दुई, चितवनका दुई र भारतीय एक] र कर्तव्य ज्यान मुद्दाका दुई [चितवन र मकवानपुरका एक एक] जना छन् ।

बहुविवाह मुद्दाका नवलपरासी पूर्वका एक, वन पैदावार चोरी निकासी मुद्दाका चितवनका एक र चोरीका मुद्दका दुई ९गोर्खा र धादिङका एक एक० जनाले सजाय मिनाहा पाएका चितवन कारागारका जेलर कमल काफ्लेले जानकारी दिए ।

सरकारले हरेक वर्ष प्रजातन्त्र दिवसको अवसरमा बानी व्यवहारमा सुधार गरेका कैदीवन्दीको सजाय मिनाहा गर्ने गरेको छ । यससँगै चितवन कारागारमा अब तीन आश्रित बालिकासहित सात सय १९ कैदीबन्दी रहेका छन् । तीमध्ये ५५ महिला र ६ सय ६१ पुरुष कैदीवन्दी रहेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  १२ : २९ बजे

मनसुन सक्रिय : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम