२० माघ २०८२, मंगलबार | February 3, 2026

सैनामैनाबाट अपहरणमा परेको दुई बालबालिका झापाबाट उद्दार



बुटवल । रुपन्देहीको सैनामैनाबाट अपहरणमा परेका दुई बालबालिकालाई प्रहरीले झापाबाट उद्दार गरि अभिभावकलाई बुझाएको छ । गत ५ गते स्कुल बसबाटै फकाएर अपहरण गरि लगिएका १२ वर्षिय बालक र ९ बर्षिया बालिकालाई झापाबाट अपहरण मुक्त गराएर आज अभिभावकलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत ५ गते गते बिहान ०९ः३० बजेको समयमा जिल्ला रुपन्देही, सैनामैना ६ दुधराक्ष स्थित घरवाट जिल्ला रुपन्देही, सैनामैना ४ बुद्दनगर स्थित प्रभात बोर्डीङ स्कुलमा पढ्न भनि सोही स्कुलको लु १ ख ६५८६ बसमा चढी गएका वर्ष १२ को प्रशिद्द दाहाल र उनकै सहोदर बहिनी वर्ष ९ की प्रसन्न दाहाल साँझ स्कुल बसमा नआएपछि बालबालिकाका बुवा प्रेम दाहालले स्कुलमा गई बुझ्दा उक्त बसका स्टाफले बच्चाहरु अभीभावकले बिहानै बसवाट झारी फोटो खिच्न लिई गएको बताए पछि बुवा दाहालले प्रहरीमा उजुरी गरेका थिए । सोही बसमा सवार अन्य बिधार्थीले प्रशिद्द दाहाल र प्रसन्न दाहाललाई जिल्ला रुपन्देही सैनामैना नगरपालिका ५ बस्ने खेम बहादुर पौडेलले स्कुल बसबाट झारी बिहानै साथमा लिई गएको वताएपछि दाहालले ईलाका प्रहरी कार्यालय रन्यौरा, रुपन्देहीमा जानकारी गराएका थिए ।

खोजतलास गर्ने क्रममा खेम बहादुर पौडेलले प्रयोग गर्दै आएको मोबाईल नम्बर दिनको १५ः४० बजे बुटवलको ट्राफिकचोकवाट स्वीचअप भएको देखिएको तथा पौडेलसंग सम्पर्क भएका नम्बरहरुको सम्बन्धमा बुझ्ने क्रममा पौडेलका भाई गुप्त बहादुर पौडेलले अन्दाजी १२ः३४ बजेको समयमा बुटवलको नेपालगंजरोडमा सुटकेस दिएको प्रहरीलाई बताए पछि प्रहरीले सो क्षेत्रको सिसी क्यामेराको फुटेज हेर्दा पौडेल ब्रिफकेस लिई ट्राफिकचोकतर्फ गएको देखिएको प्रहरीले जनाएको छ । सोही फुटेजका आधारमा शुक्रबार ११ः१२ बजे पौडेलको मोबाईल नम्बरको लोकेसन झापाको अनारमनी बिर्तामोड देखिएको आधारमा प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो । पौडेलले बुटवलवाट बिर्तामोड जाने टिकट बुटवल, बसपार्कवाट काटेको देखिएको आधारमा प्रहरीले ईलाका प्रहरी कार्यालय अनारमनी, झापाको सहयोगमा विर्तामोड बसपार्कवाट पौडेललाई पक्राउ गरी बालबालिकालाई सकुशल उद्दार गरीएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए ।

पक्राउ परेका पौडेल सहित अपहरणमा परेका दुई बालबालिकालाई शनिबार बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याउन प्रहरी सफल भएको डीएसपी पौडेलले बताए । पक्राउ परेका पौडेल उपर अपहरण तथा शरीरबन्धक मुद्दामा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ५ : ५५ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको