१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

तनहुँमा बमन थेरापी प्रभावकारी बन्दै



तनहुँ । तनहुँस्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा ‘बमन थेरापी’ पद्धतिबाट प्रदान गरिने उपचार सेवा प्रभावकारी बन्दै गएको छ । फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीलाई सो पद्धतिबाट उपचार गरिन्छ ।

शरीरभित्र कफदोषको मात्रा वृद्धि हुँदै जाँदा फोक्सो र श्वासप्रश्वाससम्बन्धी रोग लाग्न सक्ने र यस्ता बिरामीलाई सो पद्धतिबाट उपचार गरिने केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख डा रामप्रबोध मण्डलले थेरापीबाट शरीरभित्र जमेका कफदोषलाई निकालेर बिरामीलाई सञ्चो बनाइने जानकारी दिए ।

सुरुमा जेठीमधु, मह, नुन मिसाएर बनाएको मनतातो पानी बिरामीलाई खाली पेटमा रुचुन्जेल पिउन लगाइन्छ । उनले भने, “बिरामीले उक्त पानी पिएको केही समयमै बमन गर्न थाल्छन् र शरीरभित्रका सबै विकार वस्तु बाहिर निकाली सञ्चो बनाइदिन्छ ।”

यसरी बमन हुँदा शरीरभित्र रहेका कफदोष निकाली श्वासप्रश्वासमा सहज र शरीर पनि हल्का हुने जनाइएको छ । उक्त विधि हप्तामा एकपटक गराइने छ । उनले भने, “श्वासप्रश्वास समस्याका बिरामीका लागि बमन विधि अचूक उपचार बन्ने गरेको छ ।

यसैगरी नश्याकर्म विधिबाट नाकभित्र रहेका फोहरमैला बाहिर निकाल्ने कार्यको थालनी गरिएको छ । नाकमा षड्विन्दु तेल प्रयोग गरी मसाज गरेर नाकभित्र जमेर रहेका विकार सजिलै बाहिर निकालिने उनले बताए ।

पछिल्लो समयमा केन्द्रमा विभिन्न किसिमका जटिल प्रकृतिका बिरामीले सहजरूपमा र प्रभावकारी सेवा पाउन थालेपछि आयुर्वेदिक उपचारतर्फ मानिसको आर्कषण बढ्दै गएको छ । आयुर्वेद स्वास्थ्य केन्द्रको आडमै दमौली अस्पताल रहे पनि स्वर बसेका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, बाथ, हाडजोर्नी, दम, ग्यास्ट्रिक, प्रसूतिलगायतका सेवा लिन सर्वसाधारणको भीड नै लाग्ने गरेको सो स्वास्थ्य केन्द्रले जनाएको छ । विसं २०७८ पुस मसान्तसम्म विभिन्न रोगका बिरामीले उपचार पाएका छन् । गत साउनदेखि हालसम्म गरी कूल चार हजार २६८ ले स्वास्थ्य सेवा लिएका छन् । -रासस

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १० : ४७ बजे

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी समकक्षीको फोन, आपत्कालीन राहत पठाउने प्रतिवद्धता

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद

भोटेकोसी बाढीमा बगेका ५३८ जनाको शव भेटियो

काठमाडौं । काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा

पोखरामा शव पहिचान र परीक्षण सुरु

गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढीमा ज्यान गुमाएकाहरूको