९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

माओवादी नेता गजुरेल भन्छन्:- एमसीसी पारित हुने अवस्था आएमा हामी सरकार छाड्छौं



काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा पास हुने अवस्था आएमा सरकार छाड्न बताएका छन् ।

एमसीसी संसदमा टेबुल गर्ने विषयमा मात्र आफ्नो पार्टी लचिलो भएको तर पूर्ववत् अडान भने कायमै रहेको उनले बताए । ‘एमसीसी टेबुल गर्ने विषयमा मात्र लचिलो भएका हौं, तर पारित गर्ने पक्षमा हाम्रो पार्टीको पूर्ववत् अडान कायमै छ,’ गजुरेलले खबरकुरासँग भने, ‘यदि एमसीसी पारित हुने अवस्था आयो भने हामी गठबन्धन सरकार छाड्छौं ।’

एमसीसीलाई संसदबाट अनुमोदन गर्ने विषयमा माओवादी केन्द्रमा दुई धार छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिमा छलफलमा लगेर सबै दलको सहमतिमा संसदबाट अनुमोदन गर्नुपर्ने पक्षमा छन् । तर, अन्य नेता भने संसदबाट अनुमोदन नै गर्न नहुने पक्षमा छन् ।

एमसीसी सम्झौतालाई लिएर माओवादी केन्द्र सडकमा आन्दोलित अवस्थामा छ । एमालेले संसद् अवरोध गरिरहेको अवस्थामा एमसीसीमा छलफल नहुने र निर्णयार्थ पेस हुँदा संसदमा उपस्थित सांसदको संख्याका आधारमा सामान्य बहुमतले पारित हुने डर माओवादीलाई छ । त्यसैले एमसीसी पास भएमा सरकार छाड्ने निर्णय माओवादी केन्द्रले यसअघि नै गरिसकेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १ : १५ बजे

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,

नेपालगञ्जको वेस्टर्न मार्टमा आगलागी

बाँके । नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको वेस्टर्न मार्टमा आगलागी भएको

एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा एक पक्राउ

काठमाडौं । नेकपा (एमाले)को चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फागुन २२ गते साधारण तारिख

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक : कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा