४ पुस २०८२, शुक्रबार | December 19, 2025

माओवादी नेता गजुरेल भन्छन्:- एमसीसी पारित हुने अवस्था आएमा हामी सरकार छाड्छौं



काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा पास हुने अवस्था आएमा सरकार छाड्न बताएका छन् ।

एमसीसी संसदमा टेबुल गर्ने विषयमा मात्र आफ्नो पार्टी लचिलो भएको तर पूर्ववत् अडान भने कायमै रहेको उनले बताए । ‘एमसीसी टेबुल गर्ने विषयमा मात्र लचिलो भएका हौं, तर पारित गर्ने पक्षमा हाम्रो पार्टीको पूर्ववत् अडान कायमै छ,’ गजुरेलले खबरकुरासँग भने, ‘यदि एमसीसी पारित हुने अवस्था आयो भने हामी गठबन्धन सरकार छाड्छौं ।’

एमसीसीलाई संसदबाट अनुमोदन गर्ने विषयमा माओवादी केन्द्रमा दुई धार छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिमा छलफलमा लगेर सबै दलको सहमतिमा संसदबाट अनुमोदन गर्नुपर्ने पक्षमा छन् । तर, अन्य नेता भने संसदबाट अनुमोदन नै गर्न नहुने पक्षमा छन् ।

एमसीसी सम्झौतालाई लिएर माओवादी केन्द्र सडकमा आन्दोलित अवस्थामा छ । एमालेले संसद् अवरोध गरिरहेको अवस्थामा एमसीसीमा छलफल नहुने र निर्णयार्थ पेस हुँदा संसदमा उपस्थित सांसदको संख्याका आधारमा सामान्य बहुमतले पारित हुने डर माओवादीलाई छ । त्यसैले एमसीसी पास भएमा सरकार छाड्ने निर्णय माओवादी केन्द्रले यसअघि नै गरिसकेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १ : १५ बजे

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा

फागुन २१ मै निर्वाचन हुनुपर्छ तर सरकारको कामले आशंका बढायो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१

अर्थमन्त्री खनालबाट जेनजी आन्दोलनबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको स्थलगत अवलोकन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल

भैरहवाको मौसम प्रतिकूल भएपछि भरतपुर हुँदै रुपन्देही जाँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी

बुटवल । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि