११ भदौ २०८३, बिहिबार | August 28, 2026

हरिबोल गजुरेलसहित सात नेता नेकपाबाट निस्काशित



काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले हरिबोल गजुरेलसहित ७ जनालाई पार्टीबाट निस्काशन गरेको छ ।

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले विज्ञप्ति जारी गर्दै गजुरेलसहित सात जना नेताहरुलाई पार्टीबाट निस्काशन गरिएको जनाएका हुन् ।

पार्टीको आधिकारिक निर्णय र निर्देशन विपरीत उम्मेदवारी दिएका र उनीहरुको प्रस्ताव समर्थक बनेका सात जना नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ।

पार्टीबाट निष्कासित हुनेहरूमा हरिबोल गुरुङ (सिन्धुली), महेश्वस दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह (सिरहा), राजकुमारी साह (सिरहा) र जितेन्द्र साह (सिरहा) रहेका छन्।

विज्ञप्तिअनुसार आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा नेकपाका आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय उल्लङ्घन गरी उम्मेदवार बनेका तथा त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक र प्रचारक बनेका व्यक्तिहरूमाथि पार्टी विधानअनुसार कारबाही गरिएको हो।

विज्ञप्तिमा पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै सम्बन्धित व्यक्तिहरूलाई पार्टी सदस्यताबाट निष्कासन गरिएको स्पष्ट पारिएको छ।

सिन्धुली क्षेत्र नं. २ मा पार्टीका अधिकारिक उम्मेदवार लेखनाथ दाहाल विरुद्ध उम्मेदवारी दिएका महेश्वर दाहालको प्रस्तवकमा हरिबोल गजुरेल रहेका छन् । गजुरेललाई पार्टी निर्णय पालना गर्न र दाहालललाई उम्मेदवारी फिर्ता लिन प्रचण्डले हिजो मात्र निर्देशन दिएका थिए । तर गजुरेलले प्रचण्डको निर्देशन अस्वीकार गरेका थिए । यस्तै, दाङ क्षेत्र नं. १ मा पार्टीका आधिकारिक उम्मेदवार मेटमणि चौधरी विरुद्ध कुलप्रसाद केसीले उम्मेदवारी दिएका थिए । उनले पनि पार्टी केन्द्रको निर्देशन विपरित उम्मेदवारी फिर्ता गर्न अस्वीकार गरेका थिए । यस्तै सिरहाका धर्मनाथ साह भने एमालेबाट उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  १२ : १८ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि