१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

एमसीसीको विरोधमा प्रवासी नेपालीद्वारा नयाँ दिल्लीमा प्रदर्शन



नयाँ दिल्ली । भारतमा बस्ने प्रवासी नेपालीहरुले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् ।

अखिल भारत नेपाली एकता मञ्चको आयोजनामा राजधानी नयाँ दिल्लीमा विरोध प्रदर्शन भएको हो ।
उक्त समूहमा अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय उप महासचिव आरबी खड्काको नेतृत्वमा एकता मञ्च केन्द्रीय नेता मानु क्षेष्ठ ,जीवन शर्मा ,नारायण बिक ,हुमाकान्त कुँवर , अर्जुन दयाल ,कमला थापा ,कमला थापा ,बेल बहादुर पुन, कमला पाण्डे ,राज्य नेता शङ्कर शर्मा ,अटल परियार, रिता लिम्बु लगायत नेता सहभागी थिए ।

विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै युवा नेता आरबी खड्काले कार्य्रकममा बोल्दै भने अमेरिकाको दवाबले अहिले सिंगो नेपाल विभाजित भएको बताए खड्काले विपन्न मुलुकहरुलाई आर्थिक सहयोग गर्नुका पछाडि महाशक्ति मुलुकहरुका आआफ्ना स्वार्थ भएको बताउँदै एमसीसी पनि त्यही भएको जिकिर गरे ।
खड्काले अमेरिका, चीन वा भारत जुनसुकै मुलुकबाट प्राप्त हुने सहयोगका आआफ्नै स्वार्थ राखेको बताउँदै एमसीसी अमेरिकी स्वार्थ प्रेरित भएको बताए । उनले एमसीसीको विरोधमा उठेका आवाज जायज भएको दाबी गरे ।

विरोध प्रदर्शनमा सयौं संख्यामा प्रवासी नेपालीको उपस्थिति थियो । त्यसक्रममा प्रदर्शनकारीले ‘देश बेच्न पाईंदैन एमसीसी चाहिँदैन, भूमि बेच्न पाईंदैन, नो एमसीसी’ लगायत नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ९ : ०२ बजे

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी सवारीसाधन फिर्ता

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर

बाँकेको नरैनापुरमा आगलागी, १५ घर/गोठ जले

नेपालगन्ज । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर