४ पुस २०८२, शुक्रबार | December 20, 2025

‘लाफा’ बि लेभल व्याडमिन्टन प्रतियोगिता २०७८ को उपाधि लाफाकै बिबेक र मनोजको जोडीलाइ



बुटवल । लाफा समुहको आयोजनामा बुटवलमा सम्पन्न ‘लाफा’ मेन्स डबल्स खुल्ला बि लेभल तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता २०७८ को मेन्स डबल्स उपाधि आयोजक लाफाकै बिबेक न्यौपाने र मनोज फौदारको जोडीले हात पारेका छन ।

सुख्खानगरस्थित लाफा कबर्ड हलमा आईतबार राती अबेर सम्पन्न खेलमा बुटवल ब्याडमिन्टन क्लबका गणेश रायमाझी र बिधान गुरुङको जोडीलाई २६–२४, २१–१९ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन । विजेता न्यौपाने र फौदारको जोडीले नगद ३५ हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन ।

उपविजेता रायमाझी र गुरुङको जोडीले नगद २० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएका छन । खेलमा लाफा समुहका सुशिल गिरि र बिन्जन बस्नेतको जोडी तथा दाङका हिमान्सु कुवर र सुरज गुप्ताको जोडी तृतिय हुदै नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।

भेट्रान्सतर्फको उपाधि (बुटवल ब्याडमिन्टन एकेडेमी) का बिरेन्द्रसिह बिष्ट र अनिल लाखेको जोडीले हात पारेका छन । फाईनलमा (एमजी क्लब) का बसन्त चर्तीमगर र पुरन रानामगरको जोडीलाई २१–१७, २१–१४ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका छन ।
उपाधिसंगै उनिहरुले नगद २५ हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए । उपविजेता चर्तीमगर र रानामगरको जोडीले नगद १५ हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगितामा (तामनगर ब्याडमिन्टन क्लब) का मधु पुलामी र अनिल कुमार शाक्यको जोडी तथा गल्याङ ब्याडमिन्टन क्लबका मन बहादुर थापा र खग्रेन्द्र रेगामीको जोडी तृतिय हुदै नगद १० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन । लाफाका मनोज फौदार प्रतियोगितामा सर्वोत्कृट खेलाडी घोषित हुदै पुरस्कृत भए ।

एक समारोहका बिच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई शिवनगर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नारायण बहादुर घिमिरे, समुहका अध्यक्ष तारा रेश्मीमगर, क्लबका संरक्षक बासुदेव लामिछाने, उपाध्यक्ष बबिन थापा, निवर्तमान अध्यक्ष केशब रानाले पुरस्कार वितरण गरेको कार्यक्रमको संचालन यसपाल चौतारेले गरेका थिए ।

प्रतियोगितामा लुम्बिनी प्रदेश सहित चितवन, मनाङ्ग, स्याङ्गजा, बाग्लुङ्ग र दाङ्गका गरि खुल्लातर्फ ६४ र भेट्रानतर्फ ३२ टिमले भाग लिएको खेल संयोजक पुरन गाहाले बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि १० लाख रुपैयां खर्च अनुमान आयोजकको छ । लगातार ३ वर्षसम्म राष्ट्रिय लेभलको व्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ९ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको