९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

पूर्वी युक्रेनमा युद्धविरामका लागि काम गर्न रुस र फ्रान्स सहमत, पुटिन भेट्न बाइडेन इच्छुक



एजेन्सी । रुस र फ्रान्स पूर्वी युक्रेनमा युद्धविरामका लागि काम गर्न सहमत भएका छन् । रुसी राष्ट्रपति भ्लादमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोबीचको टेलिफोन वार्तामा यस्तो सहमति भएको हो ।

वार्तामा दुबै नेताहरुबीच पूर्वी युक्रेनमा बिग्रँदै गएको संकटको कूटनीतिक समाधानको खोजीलाई तिव्र गतिमा लैजानुपर्ने आवश्यकताबारे छलफल भएको रुसी प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ ।

यसैबीच, युक्रेनको तनाव घटनाउन अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई जुनसुकै बेला भेट्न चाहेको उनका कूटनीतिज्ञहरुले बताएका छन् । रसियाले युक्रेनलाई आक्रमणको अन्तिम तयारी गरेको भन्दै अमेरिकाले पश्चिमेली देशहरुलाई सावधानी दर्शाउदै आएको छ ।

केही साताअघि रुसले युक्रेनसँगको सीमामा एक लाख सुरक्षाकर्मी तैथान गरेको थियो । सोही समयदेखि नै रुसले युक्रेनमाथि हमला गर्न खोजेको पश्चिमा मुलुकहरुले अनुमान गरेका छन् ।

तर, युक्रेन आक्रमणको कुनै योजना नभएको रुसले बताउँदै आएको छ । यसै साता उसले सीमाबाट आफ्ना केही सेना फिर्ता गरेको जनाएको थियो । अमेरिकालगायत पश्चिमेली देशहरुले यसमा कुनै सत्यता नभएको बताउँदै आएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ८ : २३ बजे

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका

मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भोजपुरको मुन्दुम पदमार्ग

भोजपुर । मुन्दुम पदमार्ग पूर्वी नेपालको एक रमणीय र सहज

मनाङका केही मतदान केन्द्रको अनुगमनमा समस्या

मनाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गए पनि मनाङका केही

पर्सा प्रहरीले मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई

निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

काठमाडौं । निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र सहित