२४ असार २०८३, बुधबार | July 9, 2026

एमसीसीको पक्षमा मतदान गर्न सत्तारुढ दलहरुबीच सहमति भएको छैनः कांग्रेस प्रवक्ता महत



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्याक्ट (एमसीसी)का विषयमा संसदमा मतदान गर्न सत्तारुढ दलहरुबीच सहमति नभएको बताएका छन् ।

सोमबार बत्तीसपुलतीस्थित अनुपम फुडल्यान्डमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हालसम्म एमसीसी संसदमा टेबल गर्न मात्र दलहरुबीच सहमति भएको जनाए ।

‘एमसीसी संसदमा टेबुल गर्ने सहमति भएको हो । संसदमा मत दिने विषयमा सांसद र दलहरुसँग सहमति भएको छैन,’ कांग्रेस प्रवक्ता महतले भने ।

एमसीसीलाई विवादित बनाउनु दुःखद भएको उनले बताए । एउटै मापदण्डको आधारमा बिदेशी सहयोग लिने नीति बनाउनु पर्ने समेत उनले जनाए ।

उनले गुण र दोषका आधारमा गठबन्धन टिक्ने बताउँदै भने, ‘टेबुल गर्न जस्तै अनुमोदन गर्न पनि सत्ता गठबन्धनले सहयोग गर्ने विश्वास छ ।’

एमसीसीलाई अन्य मुद्दासँग जोडेर राजनीति नगर्न उनले सबैलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ४ : २१ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको