२० बैशाख २०८१, बिहिबार | May 2, 2024

सुन तस्करीमा संलग्न दुई विदेशी अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ



काठमाडौं । नेपाल हुँदै सुन तस्करी गर्न खोज्दा दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । दुबईबाट नेपाल हुँदै झण्डै एक किलो सुन तस्करी गर्न लाग्दा भारतीय नागरिक पारसनाथ साह र बङ्गलादेशी नागरिक मोहम्मद उल्लाह पक्राउ परेका विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उनीहरुले झण्डै एक किलो सुन तस्करी गर्न खाजेका थिए ।

विशेष सूचनाका आधारमा सोमबार हिमालय एयरलायन्सको उडान नम्बर एच९५६६ द्वारा दुबईबाट काठमाडौँ आएका बङ्गलादेशी नागरिक मोहम्मद उल्ल्लाहमाथि अनुसन्धान गर्दा सुनसहित पक्राउ गरिएको हो । प्रहरी टोलीले जाँच गर्ने क्रममा उल्लाहले लगाएको पाइन्टको पेटी बाँध्ने भागमा फल्स बटम बनाइ डिटेक्ट गर्न नसक्ने गरी पेटी आकारको एक थान अर्धठोस् सुन बरामद गरेको हो ।

यस्तै उनले नै लगाएको भित्री बस्त्रबाट बेलना आकारको दुई थान अर्धठोस् सुन बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरकिा अनुसार सुन झण्डै एक किलो (९३६ ग्राम) रहेको पाइएको छ । उक्त सुनको हालको बजार मूल्य करिब ७७ लाख रहेको छ ।

उनका अनुसार उल्लाहसँगको बयानमा भारतीय नागरिक पारसनाथ साहले भन्सार छली गर्न लगाएको खुलेपछि उनलाई पनि पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा सुन सङ्कलन गर्ने कार्यमा साहकोसमेत संलग्नता देखिन आएकाले दुबै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ११ : ४१ बजे

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना-प्रविधि क्षेत्रको विस्तारका

सन्दीप भन्छन्- ममाथि षड्यन्त्र भयो, यसमा संलग्नको नाम सार्बजनिक गर्छु

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना