काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ।
मंगलबार डेढ घण्टा यता नेताहरुबीच छलफल भएको हो । साँझ ६स्३० बजे एमाले अध्यक्ष ओली बालुवाटार प्रवेश गरेका थिए ।
ओलीसँगै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष्ँ विष्णु पौडेल पनि छलफलमा मिसिएका थिए।
भेटका क्रममा उनीहरूबीच एमसीसी र वर्तमान राजनीति विषयमा छलफल भैरहेको छ । प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने वातावरण बनाउनका लागि एमालेसँग आग्रह गरेकाछन् । एमसीसी मतदानमा लैजाँदा माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा भोट हाल्ने अवस्था आयो भने उनीहरुसँग गठबन्धन भत्काउन परे पनि देउवा तयारी अवस्थामा रहेका छन् । यही दाउ खोजिरहेको एमालेले पनि देउवालाई गठबन्धन भत्काउन उक्साइरहेको छ । एमालेका नेताहरु र गठबन्धनको विरोधमा रहेका कांग्रेसका धेरै नेताहरुबीच केही दिन यता सघन छलफलहरु भैरहेका छन् ।



















प्रतिक्रिया