८ बैशाख २०८३, मंगलबार | April 21, 2026

देउवा-ओली ‘वान टु वान’ वार्ता: भएकै हो ‘जेन्टल एग्रिमेन्ट’ ?



काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी गरिएको छ । प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सामूहिक तथा वान टु वान भेटवार्ता भएको थियो ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले सुरुमा नै एमसीसी परियोजना एमालेकै सरकारको पालामा संसद्मा दर्ता भएको योजना भएकाले सो परियोजनालाई सरकारले टुंगोमा पुर्याउन अघि बढेको भन्दै सघाउन आग्रह गरेका थिए ।

प्रधानमन्त्री देउवाको सो आग्रहपछि एमाले अध्यक्ष ओलीले आफ्नो दलले विगतदेखि नै केही राजनीतिक मुद्दाको माग राखेर संसदमा अवरोध जारी राखेकाले ती माग पूरा गर्नेतर्फ सरकारले सहज वातावरण बनाए एमसीसीमा सघाउने बताएको स्रोतको दाबी छ ।

उच्च स्रोतका अनुसार एमसीसीमा एमालेले सघाउने विषयमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्षबीच ‘जेन्टल एग्रिमेन्ट’ नै भएको छ । ‘उहाँहरूका आफ्ना माग छन्, ती मागका विषयमा भेटवार्ताका क्रममा एमालेकातर्फबाट सरकारलाई ध्यानाकर्षण गराइएको छ, एमसीसीमा प्रधानमन्त्रीज्यूले सघाउन गरेको प्रस्तावमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीबीच जेन्टल एग्रिमेन्ट भएको छ,’ भेटवार्तामा सहभागी एक नेताले भने, ‘फेरि बुधबार छलफल हुन्छ ।’ प्रधानमन्त्री देउवा र ओलीबीच वान टु वान वार्ताका क्रममा भएको भित्री सहमतिका विषयमा भने दुवै पक्षले केही खुलाएका छैनन् ।

बालुवाटार स्रोतका अनुसार भेटवार्ताका क्रममा एमाले नेताहरूले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका र माधवकुमार नेपालको दलमा गएका १४ सांसदको विषयलाई प्राथमिकताका साथ उठाएका थिए । उनीहरूले सभामुख सापकोटाले एमालेले ती सांसदहरूमाथि गरेको कारबाहीको सूचना संसद्मा टाँस नगरेको र सभामुखको भूमिका उचित नभएको भन्दै विकल्पमा पनि ध्यान दिन सरकारलाई भनेका थिए ।

भेटवार्तामा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री देउवाले एमसीसी ओली सरकारकै पालामा संसद्मा दर्ता भएकाले वर्तमान सरकारले टेबल गरेको सो परियोजना पास गर्नेतर्फ सघाउन सहयोग मागेको जानकारी दिए । ‘एमसीसी तपाईंकै सरकार हुँदा संसद्मा दर्ता भएको हो, सो परियोजनालाई अहिले सरकारले संसद्मा टेबल गरेको छ, अब पास गर्नेतर्फ सरकारलाई तपाईंहरूको सहयोग आवश्यक छ भन्ने प्रधानमन्त्रीको आग्रह रह्यो,’ कांग्रेस उपसभापति खड्काले भेटवार्तामा प्रधानमन्त्रीले राखेको धारणाबारे जानकारी दिँदै भने ।

भेटवार्तामा सहभागी एमाले नेता विष्णु रिमालले भने एमालेले उठाएका माग सम्बोधन नभएसम्म संसद्को अवरोध जारी रहने सन्देश प्रधानमन्त्रीलाई दिएको भनेका छन् । एमाले नेता रिजालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत ६ महिनादेखि जायज माग राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती माग पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ ।’ भेटवार्तामा सत्तारूढ दल नेपाली कांग्रेसका तर्फबाट उपसभापति खड्कासमेत सहभागी थिए भने एमालेकातर्फबाट नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल र नेता रिमाल सहभागी थिए ।

भेटवार्ताको सुरुमा सबै नेताहरू सहभागी भएको भए पनि विषय प्रवेश र छलफलसँगै पछिपछि देउवा र ओलीबीच ‘वान टु वान’ वार्ता भएको स्रोतले जनाएको छ । मंगलबार साँझको छलफलपछि पुनः बुधबार नेकपा एमालेका नेताहरू प्रधानमन्त्रीसँग वार्तामा बस्ने सहमति भएको बताइएको छ । तर, समय भने तय भएको छैन । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ७ : ५८ बजे

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई