१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

देउवा-ओली ‘वान टु वान’ वार्ता: भएकै हो ‘जेन्टल एग्रिमेन्ट’ ?



काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी गरिएको छ । प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सामूहिक तथा वान टु वान भेटवार्ता भएको थियो ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले सुरुमा नै एमसीसी परियोजना एमालेकै सरकारको पालामा संसद्मा दर्ता भएको योजना भएकाले सो परियोजनालाई सरकारले टुंगोमा पुर्याउन अघि बढेको भन्दै सघाउन आग्रह गरेका थिए ।

प्रधानमन्त्री देउवाको सो आग्रहपछि एमाले अध्यक्ष ओलीले आफ्नो दलले विगतदेखि नै केही राजनीतिक मुद्दाको माग राखेर संसदमा अवरोध जारी राखेकाले ती माग पूरा गर्नेतर्फ सरकारले सहज वातावरण बनाए एमसीसीमा सघाउने बताएको स्रोतको दाबी छ ।

उच्च स्रोतका अनुसार एमसीसीमा एमालेले सघाउने विषयमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्षबीच ‘जेन्टल एग्रिमेन्ट’ नै भएको छ । ‘उहाँहरूका आफ्ना माग छन्, ती मागका विषयमा भेटवार्ताका क्रममा एमालेकातर्फबाट सरकारलाई ध्यानाकर्षण गराइएको छ, एमसीसीमा प्रधानमन्त्रीज्यूले सघाउन गरेको प्रस्तावमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीबीच जेन्टल एग्रिमेन्ट भएको छ,’ भेटवार्तामा सहभागी एक नेताले भने, ‘फेरि बुधबार छलफल हुन्छ ।’ प्रधानमन्त्री देउवा र ओलीबीच वान टु वान वार्ताका क्रममा भएको भित्री सहमतिका विषयमा भने दुवै पक्षले केही खुलाएका छैनन् ।

बालुवाटार स्रोतका अनुसार भेटवार्ताका क्रममा एमाले नेताहरूले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका र माधवकुमार नेपालको दलमा गएका १४ सांसदको विषयलाई प्राथमिकताका साथ उठाएका थिए । उनीहरूले सभामुख सापकोटाले एमालेले ती सांसदहरूमाथि गरेको कारबाहीको सूचना संसद्मा टाँस नगरेको र सभामुखको भूमिका उचित नभएको भन्दै विकल्पमा पनि ध्यान दिन सरकारलाई भनेका थिए ।

भेटवार्तामा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री देउवाले एमसीसी ओली सरकारकै पालामा संसद्मा दर्ता भएकाले वर्तमान सरकारले टेबल गरेको सो परियोजना पास गर्नेतर्फ सघाउन सहयोग मागेको जानकारी दिए । ‘एमसीसी तपाईंकै सरकार हुँदा संसद्मा दर्ता भएको हो, सो परियोजनालाई अहिले सरकारले संसद्मा टेबल गरेको छ, अब पास गर्नेतर्फ सरकारलाई तपाईंहरूको सहयोग आवश्यक छ भन्ने प्रधानमन्त्रीको आग्रह रह्यो,’ कांग्रेस उपसभापति खड्काले भेटवार्तामा प्रधानमन्त्रीले राखेको धारणाबारे जानकारी दिँदै भने ।

भेटवार्तामा सहभागी एमाले नेता विष्णु रिमालले भने एमालेले उठाएका माग सम्बोधन नभएसम्म संसद्को अवरोध जारी रहने सन्देश प्रधानमन्त्रीलाई दिएको भनेका छन् । एमाले नेता रिजालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत ६ महिनादेखि जायज माग राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती माग पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ ।’ भेटवार्तामा सत्तारूढ दल नेपाली कांग्रेसका तर्फबाट उपसभापति खड्कासमेत सहभागी थिए भने एमालेकातर्फबाट नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल र नेता रिमाल सहभागी थिए ।

भेटवार्ताको सुरुमा सबै नेताहरू सहभागी भएको भए पनि विषय प्रवेश र छलफलसँगै पछिपछि देउवा र ओलीबीच ‘वान टु वान’ वार्ता भएको स्रोतले जनाएको छ । मंगलबार साँझको छलफलपछि पुनः बुधबार नेकपा एमालेका नेताहरू प्रधानमन्त्रीसँग वार्तामा बस्ने सहमति भएको बताइएको छ । तर, समय भने तय भएको छैन । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ७ : ५८ बजे

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१