९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

ओलीले गृहमन्त्री खाँणलाई भने : एमसीसीका विषयमा हामी स्पष्ट छौं, पहिला एमालेलाई न्याय दिनोस्



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणलाई एमसीसीको विषयमा एमाले स्पष्ट रहेको सन्देश दिएका छन् ।

एमसीसीमा एमालेको समर्थन जुटाउन ओलीलाई भेट्न बुधबार बिहान बालकोट पुगेका खाँणलाई ओलीले सो सन्देश दिएका हुन् ।

‘गृहमन्त्रीज्यूले एमसीसी संसदबाट अनुमोदन गर्न सहयोग माग गर्नुभयो,’ एमाले अध्यक्ष ओलीका सञ्चार सहयोगी रामशरण बजगाँईले भेटवार्ताबारे खबरकुरालाई भने, ‘अध्यक्षज्युले एमसीसीका विषयमा एमाले स्पष्ट रहेको तर एमसीसी प्रक्रियामा सहभागी हुन पहिला एमालेलाई न्याय दिनुपर्ने बताउनुभयो ।’

प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा एमसीसीबारे बहस हुँदैछ र बिहीबार नै अनुमोदन गर्ने तयारी गरिएको छ ।

सत्तारुढ पाँच दलमध्ये एमसीसी अनुमोदन गर्ने पक्षमा नेपाली कांग्रेस मात्र रहेको छ । बाँकी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले संशोधन नगरी एमसीसी पास गर्न नसकिने बताएका छन् ।

एमसीसीलाई लिएर सरकार अप्ठेरोमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज गृहमन्त्री खाँणलाई सहमति जुटाउन एमाले अध्यक्ष ओलीकहाँ पठाएका हुन् । मंगलबार ओली आफै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

‘संसदको सबैभन्दा ठूलो दल एमालेमाथि अन्याय भएको छ । कानून सबै दललाई समानरुपमा लागू गर्नुपर्नेमा त्यो गरिएन । हामीलाई न्याय दिनोस्, अनि मात्र हामी एमसीसी प्रक्रियामा सहभागी हुन सक्छौं,’ एमाले अध्यक्ष ओलीले गृहमन्त्री खाँणलाई भने ।

त्यसअघि गृहमन्त्री खाँणले खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ११ : ४४ बजे

धनीराम चौधरी राप्रपामा प्रवेश, रुपन्देही-१ मा चुनावी समीकरण प्रभावित हुने अपेक्षा

बुटवल । रुपन्देही क्षेत्र नम्बर-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्रीको निर्देशन

लुम्बिनी । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष

दुई समुदायबीच तनाव चर्किएपछि रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरका विभिन्न क्षेत्रमा

केपी ओलीको आरोप – ‘रास्वपा चुनाव भाँड्ने दिशामा लाग्यो’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र

सप्तरीमा एमालेको झण्डा जलाउने एक निर्वाचन प्रहरी पक्राउ

सप्तरी । सप्तरीमा एक जना निर्वाचन प्रहरीले नै एमालेको चुनाव