४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमसीसीको विरोधमा उभिन बुद्धिजिवी परिषद्को आह्वान



काठमाडौं । नेपाल बुद्धिजिवी परिषद् समाजवादीले अमेरिकी सहायता परियोजना (एमसीसी)माथि भोलि (बिहीबार) संसदमा हुने छलफलमा विपक्षमा रहन आह्वान गरेकोे छ । उक्त प्रस्ताव नेपालको संविधानको प्रतिकूल, नेपालको राष्ट्रियताप्रति घातक र नेपाली स्वाभिमानलाई कमजोर पार्ने प्रकृतिको रहेकोले विपक्षमा उभिन परिषद्ले आह्वान गरेको हो ।

बुद्धिजिवी परिषद्द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको जोडबलमा संघीय प्रतिनिधि सभामा एमसीसी प्रस्ताव दर्ता भई सकेकोमा हरेक स्वाभिमानी देशभक्त जनप्रतिनिधिले संसदमा बृहत् छलफल गरी राष्ट्रियतामाथि आँच आउने बँुदाहरू संशोधन गरेर मात्रै संसदबाट पारित गरिनु पर्छ । यसलाई संसदबाट जस्ताको तस्तै पारित गर्ने प्रस्ताव आए यसको विपक्षमा मतदान गर्न सम्पूर्ण स्वाभिमानी, देशभक्त, राष्ट्रप्रेमी जनप्रतिनिधिहरू समक्ष नेपाल बुद्धिजीवी परिषद् (समाजवादी) हार्दिक अपिल गर्छ ।’

साथै, जारी विज्ञप्तिमा सम्पूर्ण देशभक्त बुद्धिजीवीहरूलाई राष्ट्र, राष्ट्रियता र देशको स्वाभिमानको पक्षमा एकजुट भई दृढतापूर्वक उभिन हार्दिक आव्हान गरिएको छ । एमसीसीका विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरी प्रसासनले गरेको दमनको घोर भर्त्सना गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न समेत परिषद्ले माग गरेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ५ : १७ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा