४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमसीसीको पक्षमा मत दिने लोसपाको निर्णय



काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संसदमा टेबुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको लोसपा संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।

प्रतिनिधिसभामा १३ सिट रहेको लोसपा एमसीसीको समर्थनमा छ । संसदीय दलको बैठकले एमसीसीको पक्षमा मत दिने निर्णय गरेको हो ।

बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी¬ प्रस्तावमाथि छलफल हुँदैछ । संसद् सचिवालयले भोलि एमसीसीमाथि छलफल हुने कार्यसूचीसमेत सार्वजनिक गरिसकेको छ । त्यसैले भोलिको संसद बैठक एमसीसीका लागि निर्णायक हुन सक्ने भन्दै लोसपाले पक्षमा मत दिने निर्णय गरेको हो ।

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस एमसीसीको पक्षमा छ भन्ने अन्य दलले निर्णय लिन बाँकी छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ५ : ३५ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा