काठमाडौं । एमसीसीको छलफल गर्ने एजेण्डा सहित आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
१ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको आग्रहमा भोली(शुक्रबार) १ बजे सम्मका लागि स्थगित भएको हो ।
सरकारको प्रतिपक्षसँग वार्ता जारी रहेको तथा सत्ता गठबन्धन भित्र पनि छलफल जारी रहेकाले बैठक स्थगित गर्न आग्रह भएपछि बैठक स्थगित भएको बताइएको छ ।
एमसीसीको पक्षमा थप गृहकार्यका लागि बैठक स्थगितको माग गरे अनुसार बैठक स्थगित भएको सोतले दाबी गरेको छ ।




















प्रतिक्रिया